नेभिगेशन
समाज

यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–३ लेवटस्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुवाहक बसमा ढुंगा प्रहार गरी यात्रुसमेत घाइते बनाएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बिहान करिब १ः३० बजे बसमा ढुंगा प्रहार भएको थियो। घटनाको अनुसन्धानका क्रममा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Ncell
Extreme Energy

पक्राउ पर्नेमा हेटौंडा–३ लेवटका २७ वर्षीय किरण बि.क., ३० वर्षीय अंकित राई, ३९ वर्षीय सुग्रिव मुक्तान, २९ वर्षीय विजय थिङ लामा र २९ वर्षीय उदाश तामाङ रहेका छन्।

पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित नुवाकोट र रसुवामा सिएमसीको २१ सदस्यीय चिकित्सक टोली

बाढी प्रभावित नुवाकोट र रसुवामा सिएमसीको २१ सदस्यीय चिकित्सक टोली

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बाढी प्रभावित नुवाकोट र रसुवामा विशेषज्ञ चिकित्सकसहित २१ सदस्यीय स्वास्थ्य टोली पठाएको छ।
मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
चिलिमेको सुरुङमा भेटियो ३ शव, थप खोजी जारी

चिलिमेको सुरुङमा भेटियो ३ शव, थप खोजी जारी

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला परेको छ ।