नेभिगेशन
सबै कुरा

को बन्छ कोशीको मुख्यमन्त्री : गठबन्धनका आङ्बो कि कांग्रेसका कार्की ?

विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गकोमा पुगेर दाबी पेश गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आङ्बोलाई नेपाली कांग्रेसका देउवा पक्ष सहित एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन रहेको दाबी गरेका छन् भने कार्कीले नेकपा एमालेको समर्थन सहित नेपाली कांग्रेसका शेखर कोइराला समुहको समर्थन रहेको दाबी गरेका छन् ।

Extreme Energy

आङ्बोलाई संघीय सरकारको सत्ता गठबन्धनले उम्मेदवार बनाउने निर्णयनै गरेको थियो ।

यता कार्कीले भने कांग्रेसका ९ सांसद सहित एमालेका ३९ सांसदको भोट आफ्नो पक्ष रहेको दाबी गरेका छन् ।

कार्कीसँगै एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतका सांसदहरु पनि प्रदेश प्रमुख कहाँ पुगेका छन् । उपसभामुखसहित एमालेका ४० सांसद छन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्च अदालतको व्याख्या छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...

भर्खरै