नेभिगेशन
सबै कुरा

को बन्छ कोशीको मुख्यमन्त्री : गठबन्धनका आङ्बो कि कांग्रेसका कार्की ?

विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गकोमा पुगेर दाबी पेश गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आङ्बोलाई नेपाली कांग्रेसका देउवा पक्ष सहित एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन रहेको दाबी गरेका छन् भने कार्कीले नेकपा एमालेको समर्थन सहित नेपाली कांग्रेसका शेखर कोइराला समुहको समर्थन रहेको दाबी गरेका छन् ।

Ncell
Extreme Energy

आङ्बोलाई संघीय सरकारको सत्ता गठबन्धनले उम्मेदवार बनाउने निर्णयनै गरेको थियो ।

यता कार्कीले भने कांग्रेसका ९ सांसद सहित एमालेका ३९ सांसदको भोट आफ्नो पक्ष रहेको दाबी गरेका छन् ।

कार्कीसँगै एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतका सांसदहरु पनि प्रदेश प्रमुख कहाँ पुगेका छन् । उपसभामुखसहित एमालेका ४० सांसद छन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्च अदालतको व्याख्या छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।