नेभिगेशन
सबै कुरा

एमालेले निकाल्दैमा भ्रष्टाचार, अन्याय र अत्याचार बिरुद्धको लडाई कमजोर हुँदैनः भीम रावल


काठमाडौँ । नेकपा एमालेका पूर्व नेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचार बिरुद्धको लडाई कमजोर नहुने बताएका छन् । 

Dish Home
Global Ime Bank

राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले तानाशाही ढंगले एमाले नेतृत्वले आफुलाई निष्कासन गरेको भन्दै एमालेले निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय अत्याचारबिरुद्ध र देशभक्तिको झण्डा माथि उठाउने उत्साहमा कमी नहुने बताएका हुन् ।

रावलले एमाले नेतृत्वको स्वच्छाचारी, राष्ट्रिय हित बिपरितका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलापबिरुद्ध लड्दा पाच्य नभएको जिकिर गरे । उनले आफूलाई बद्नाम गर्न राजावादी भएको प्रचार गरिएको समेत उल्लेख गरे । 

देशभक्तसँग हातेमालो गर्दै अघि बढ्ने र मातृभूमि जागरण अभियानलाई शसक्त बनाउने जिकिर गर्र्दै उनले देशको आवश्यकता भए बैकल्पीक शक्ति निर्माण गर्न सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation