नेभिगेशन
सबै कुरा

कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र

सर्लाही । विद्युतीय धरापमा परेर खुट्टा गुमाएका सर्लाहीको हरिवन नगरपालिका–५ किङरिङ टोलका २२ वर्षीय राजेन्द्र महतोले विद्युतीय तीन पाङग्रे सवारी साधन (अटोरिक्सा) चलाएर जीवनमा पुन खुसी फर्काए । विसं २०७७ वैशाख १८ गते दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि उनलाई अब बाँकी जीवन सकियो भन्ने चिन्ता लागेको थियो । तर, त्यही दुर्घटनापछि जीवनमा एकपछि अर्को गर्दै खुसी आएको उनले सुनाए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चार वर्ष पहिला विद्युतीय दुर्घटनामा परेका राजेन्द्रको बायाँ खुट्टा घुँडामाथिसम्म काटिएको छ । केही समयसम्म वैशाखीको सहारा लिएका उनी अहिले कृत्रिम खुट्टाको सहारामा आफ्नो दैनिकी चलाइ रहेको छ । कृत्रिम खुट्टाको सहाराले उनलाई सामान्य काम गर्न र हिँड्डुुल गर्न सहज मात्र भएको छैन् । विगत दुई वर्षदेखि अटोरिक्सा चलाएर मनग्य कमाइ गरिरहेको छ ।

Ncell
Extreme Energy

‘‘दुर्घटनामा खुट्टा गुमाएपछि आफ्नै जीवन अभिसाप हुने भयो भन्ने लागेको थियो’’, उनले भने , ‘‘परिवारको सहारा र वडाले दिएको अटोरिक्सो फेरि परिवारको मेरुदण्ड बनेको छु । अटोरिक्सा चलाउन सुरु गरेको आउने फागुनमा दुई वर्ष पुग्दै छ । यसको कमाइबाटै ठूलो प्रगति गरेको उनले जानकारी दिए । अटोरिक्सा चलाएर कमाएको रु१६ लाखले एउटा पक्की घर बनाएको उनले बताए ।

एउटा अटोरिक्साले मात्र नभ्याउने भएपछि पालैपालो चार्ज गरेर चलाउन भनेर तीन महिना पहिला मात्र उनले अर्को मयुरी गरेको छ । अटोरिक्साकै कमाइबाट चार लाख ५० हजार खर्च गरेर नयाँ मयुरी थपेको उनले जानकारी दिए । कृत्रिम खुट्टा हाल्न बेचेको खेतकै सिमानामा एक कठ्ठा घडेरी जोडिसकेको राजेन्द्रको भनाइ छ । बिहानैदेखि साँझसम्म आवश्यक पर्दा रात दिन नभनी अटोरिक्सा चलाउने उनले दैनिक सात ७ हजारसम्म कमाएको बताए ।

थोरै कमाइ हुँदा दैनिक दुई हजार पाँच सयसम्म आम्दानी गरेको उनी बताउँछन् । खर्च कटाएर कम्तीमा महिनाको ६० हजारको दरले घरकै खाएर परिवारसँगै बसेर वर्षमा सात लाख बढी कमाइ रहेको उनले सुनाए । ‘‘दिनको सयको बिजुली खर्च हुन्छ ।’’ उनले भने, ‘‘आजसम्म कमाइ भएन भन्ने दिन आएको छैन ।’’, बजारको दिन त भ्याइनभ्याई हुने गरेको उनको अनुभव छ । राजेन्द्रले काकालाई मयुरी चलाउने पेसामा ल्याए ।

आफूले अटोरिक्सा चलाउन सुरु गरे यता गाउँमा पाँच वटा मयुरी थपिएको उनले बताए । निकै न्यून आयस्तर भएका राजेन्द्रको उपचारमा २२ लाखभन्दा धेरै खर्च लागेको बुवा सन्तलाल महतोले जानकारी दिए । विसं २०६० मा चिरान मिलले बुवा सन्तलालको हात काटिएपछि घरपरिवारको पालनपोषणको जिम्मा राजेन्द्रको काँधमा आयो । दुई भाइ र एक बहिनी मध्यका जेठा उनले एक निजी दूध डेरीमा काम गरेर घर खर्च धान्दै आएको थियो । उनी विसं २०७६ मा विद्युतीय दुर्घटनामा परेपछि परिवारको विचल्ली भएको थियो ।

‘‘सम्पत्तिको नाममा दुई कठ्ठा खेत र १० धुर घडेरीमा बनेको सानो घर बाहेक केही थिएन ।’’ सन्तलालले भने, ‘‘आफू पहिलेदेखि अपाङ्ग एक मात्र भरोसा जेठो छोराको त्यस्तो भएपछि हामी सडकमा आइपुगेका थियौँ । हारगुहार गरेर छोरा त बचाए । अब कसरी जीवन धान्ने भन्ने दिन आयो । केही नभएको देखेर वडाध्यक्ष नागेन्द्र साहले दिनुभएको मयुरीले फेरि हाम्रो जीवन फर्किएको हो, उहाँले गहभरी आँसु बनाउनुभयो ।’’

त्यो दुर्घटना, त्यसपछिका केही वर्ष फर्किएर सम्झँदा मन भक्कानिने गरेको राजेन्द्रकी आमा सुमित्रादेवी महतो बताउँछन् । ‘‘छोरा दुर्घटनामा परेपछि त मेरो लागि सारा धर्ती भासिए जस्तै भयो’’, उनले भने, “श्रीमान्को हात काटिएपछि घर हेर्ने छोराको अवस्था यस्तो भएपछि के भयो होला रु सम्झना गर्न मन लाग्दैन ।’’ छोराले मयुरी चलाउने हिम्मत गरेको र त्यो दुःखमा वडाले मयुरी दिएर लगाएको गुन जीवनभरि तिर्न नसकिने उनको भनाइ छ ।

‘‘सुरुमा मैले अब पसल चलाउँछु, भनेर वडाध्यक्षसँग सहयोग मागेको थिए’’, राजेन्द्रले भने, ‘‘वडाध्यक्षले पसलमा उधारो धेरै हुन्छ । लगानी धेरै चाहिन्छ । त्यसो नगर मसँग एउटा उपाय छ । वडाबाट एउटा मयुरी अनुदान मिलाइ दिन्छु । तिमी मयुरी चलाउ भन्नुभयो । मैले दुई पाँच सय आम्दानी भयो भने परिवार पाल्न सक्छु भनेर हुन्छ भनिदिए ।’’

विसं २०७९ फागुनमा वडा कार्यालयले राजेन्द्रलाई एक थान विद्युतीय मयूरी दियो । त्यस यता राजेन्द्रले दुःखका दिनलाई फेरि फर्किएर हेर्नुपरेको त छैन नै केही गर्नसक्छु भन्ने हिम्मत बढाए । अटोरिक्साको आम्दानीले बहिनीको विवाह गर्दा लागेको रु पाँच लाख ऋण तिरेको उनले बताए । ‘‘मैले अटोरिक्सा चलाएर नसोचेको आम्दानी गरे’’, उनी भन्छन्, ‘‘एउटाले नभ्याउने भएपछि त्यसैको कमाइबाट तीन महिना पहिला मात्र अर्को अटोरिक्सा किनेको छु ।’’

अटोरिक्सा लिएर राजेन्द्र महोत्तरीको बर्दिवास, रौतहटको चन्द्रपुर, बरहथवा, जिल्ला सदरमुकाम मलङ्गवासम्म पुगेको छ । तर, उनी अधिकांश समय गाउँबाट दुई तीन किलो मिटरको दुरीमा रहेको हरिवन बजार ओहोरदोहोर गर्ने यात्रुहरूलाई सेवा दिन्छन् । सरल र मिलनसार उनको अटोरिक्सामा स्थानीय ढुक्क भएर यात्रा गर्छन । आज भोलि बिहान सबेरैदेखि साँझ अबेरसम्म यात्रुलाई गन्तव्यसम्म पु¥याउनु राजेन्द्रको नियमित कर्म बनको छ ।

दुर्घटनामा खुट्टा गुमाएपछि कसरी परिवार पालौँला भन्ने चिन्तामा रहेका राजेन्द्र वडाबाट पाएको अटोरिक्सा चलाउन थालेपछि फेरि परिवारको दरिलो आड बनेर उभिएको छ । त्यतिमात्र हैन, मेहिनत गरेर परिवारलाई सुखले पाल्न सक्छु भन्ने हिम्मत बढेको उनले उत्साहित हुँदै सुनाउँछन् । राजेन्द्रको दुर्घटनापछि नै एक छोरा र एक छोरी जन्मिएका छन् । विवाहको सात वर्षपछि सन्तान पाएका राजेन्द्रले खुसियालीमा गाउँमा भोज नै खुवाए ।

सवारीचालक अनुमतिपत्र नपाएको गुनासो

सामान्य मानिसले जस्तै आफूले मयुरी सजिलै चलाउन सक्ने भए पनि अनुमति पत्र नपाएको राजेन्द्रको गुनासो छ ।

उनी जिप, कार चलाउन अनुभवी र अनुमतिपत्र प्राप्त चालक हुन् । दुर्घटनापछि ठूलो सवारी चलाउ छाडेको बताए । मयुरीको सबै नियन्त्रण हातमा हुने र दायाँ खुट्टा राम्रो भएकाले काम गर्न कुनै समस्या नभएको उनी बताउँछन् । त्यति हुँदाहुँदै यातायात व्यवस्था विभागले आफूहरू जस्ताको लागि चालक अनुमतिपत्र दिनेसम्बन्धी व्यवस्था नभएको भन्दै फर्काएको उनको दुखेसो छ ।

‘‘मैले चालक अनुमतिपत्र लिने प्रयास गरे’’, उनले भने, ‘‘बुझ्न जाँदा अपाङ्गता भएकाका लागि दिन मिल्ने कानुन छैन भनेर फर्काउनुभयो । विदेशमा कम्मर तल नचल्ने व्यक्तिहरूले सबै नियन्त्रण हातमा राखेर गाडी चलाउने अनुमति पाउछन् ।’’ यहाँ पनि त्यस्तै व्यवस्था हुनुपर्ने उहाँको माग छ । यो सोख भन्दा पनि रोजी रोटी सँग जोडिएको विषय भएकोले सरकारले यता ध्यान दिनुपर्ने उनी बताउँछन् ।

यसरी शारीरिक रुपमा सामान्य क्षति पुगेका अपाङ्गता भएकाहरू सयौँले क्षमता र हिम्मत हुँदाहुँदै श्रम गरेर खान नपाएको उनको भनाई थियो ।

हरिवन–५, का वडाध्यक्ष नागेन्द्र साहले राजेन्द्रलाई अटोरिक्सा सहयोग गरेर आफूले स्थानीय जनप्रतिनिधिको भूमिका निर्वाह गरेको बताए । आर्थिक रुपमा निकै विपन्न परिवारमा एकपछि अर्को बज्रपात परेको र त्यसबाट एक परिवार नै धारासायी बनेपछि वडाले जीविकोपार्जन कार्यक्रमअन्तर्गत मयुरी किनेर दिएको उनको भनाइ थियो ।

‘‘घरमुली बुवाको बायाँ हात काटिएको छ ।’’ उनले भने, ‘‘त्यस पछि घरको सबै अभिभारा सम्हालेका छोरा राजेन्द्रको पनि खुट्टा गुमेपछि त्यो परिवारमा कस्तो अवस्था भयो होला रु एउटै वडावासी भएको नाताले मैले महसुस गरेको छु । युवा मान्छे केही गर्नुप¥यो भन्ने हिम्मत लिएर सहयोग माग्न आए । मैले नै वडाबाट निःशुल्क अटोरिक्सा उपलब्ध गराई दिए । अहिले प्रगति नै प्रगति भएको छ । हामी निकै खुसी छौँ ।’’

यस वडा कार्यालयले हरेक वर्ष यस्ता विपन्न परिवार छानेर आवास र स्वरोजगारीको लागि विभिन्न सहयोग गर्ने गरेको उनले बताए । स्थानीय सरकारको भूमिका यही होला भन्ने लागेको उनको अनुभव छ । ‘‘स्थानीय सरकारले बजेट तयार गर्दा लैङ्गिक उत्तरदायित्व लिएर लक्षित वर्गको लागि बजेट राख्नुपर्ने व्यवस्था नै छ’’, उनले भने, ‘‘सोहीअनुसार जीविकोपार्जनका लागि विपन्न परिवारलाई सहयोग गरेका छौँ ।’’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...
नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर...
सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

गाइघाट बजारको विकासमा महत्त्वपूर्ण योगदान दिएको उद्योगभित्रको भ्रष्टाचार, व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप र व्यक्तिगत तथा समूहगत स्वार्थका कारण उद्योग क्रमशः धराशायी बन्दै गएको छ । यसको पछिल्लो उदाहरण...

भर्खरै