नेभिगेशन
नेताका कुरा

रास्वपामा कस्तो छ रवि-बालेन सम्बन्ध ?

सरकारको उडानलाई गन्तव्यमा पुर्‍याएरै छाड्ने सभापति लामिछानेको दृढता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच मतभेद बढेको हल्लाले राजनीतिक वृत्त तातेको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनपछि दुई पक्षबीच दुरी बढेको भन्ने हल्ला व्यापकरुपमा आइरहेका बेला सभापति लामिछानेले त्यसलाई सार्वजनिक मञ्चबाटै खारेज गरेका छन् । 

शनिबार आयोजित नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले सरकार र पार्टीभित्र असझदारी भएको भन्ने हल्लाहरू र्‍युमर अर्थात अफवाह मात्रै भएको स्पष्ट पारेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘कहिँकतै सुनिन्छ, केही गडबढ भयो कि केही बिग्रियो कि, राजनीतिक रुपमा अप्ठेरो पर्‍यो कि, झगडा पो पर्‍यो कि भनेर र्‍युमरहरू आउँछन्, त्यो र्‍युमरहरूलाई आज विकेन्ड पनि हो, त्यो र्‍युमरहरूलाई आज स्न्याक्सको रुपमा ग्रहण गर्नुहोला । र्‍युमरहरू स्न्याक्स मात्रै हो । त्यसको खास त्यो भन्दा बढी भ्यालु केही पनि छैन,’ उनले भने । 

Ncell
Extreme Energy

रास्वपाले प्राप्त अवसर अभुतपूर्व गुमाउन नचाहेको बताए । 'हामी यो अवसर गुमाउन चाहँदैनौं । हाम्रो लागि होइन, यो आउने पुस्ताको लागि हो । नयाँ पुस्ताको यो उपस्थितिलाई, ४० वर्षमुनिका सांसद नै ४०/५० जना भएको यो अवसर,  चानचुने अवसर होइन । कहिलेकाँही १८२ सांसदहरु सदनमा देखिरहँदा दुई चार जना साथीहरुको विषय चर्चाको विषय बन्लान । त्यो बेग्लै कुरा हो । तर हामी साच्चिकै प्रतिबद्ध भएर आएका छौं । सम्हाल्न सकिन्छ भनेर आएका छौं । किनकि युवाले हाँकेको कुनै पनि क्षेत्र तुलनात्मक रुपमा परिणाम दिएको छ । हामी पनि परिणाम दिन्छौं । फिक्स गर्नुपर्ने कुराहरु धेरै छन्,' उनले भने ।  

सभापति लामिछानेले सरकारको उडानलाई गन्तव्यमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे । ‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिंडेका छौं । कहिलेकाहीँ मौसमले गर्दा टर्बिलेन्स आउन सक्छ, तर हामी गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं । हामी छौं । अप्ठेरो पर्‍यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ । यो पार्टीमा तपाईंहरू जस्तै केही गरौं भनेर हुटहुटी बोक्नुभएका युवाहरू हुनुहुन्छ । यात्रामा हिंडिरहँदा बाटोमा कहिलेकाहीँ बादलका टुक्रामा जहाज छिर्दा जहाज हल्लिन्छ । तर जहाज हल्लियो भन्दैमा लौ जहाज दुर्घटनामा पर्ने भयो कि भनेर डर मान्नुपर्ने पनि हुँदैन । हामी सहि ढंगले असल नियतका साथ जहाजलाई गन्तव्यमा पुर्‍याउँछौं,’ उनले भने ।

सरकारले आफूले गरेका बाचा पूरा गर्ने उल्लेख गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए निगरानी र खबरदारी गर्ने राजनीतिक शक्ति आफूहरूसँग रहेको बताए । सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता आफूहरूसँग रहेको उनको भनाइ थियो । ‘हामीले एक मान्छेले अर्को मान्छेलाई प्रमिस गरेको होइन, हामीले हिस्ट्रिलाई प्रमिस गरेको हो । त्यसकारणले आफ्नो वाचा, प्रतिवद्धताबाट पछि हट्ने छुट हामी कसैलाई पनि छैन । आज पनि सरकारले वाचा गरेको छ, हामी धेरै मान्छेलाई रोजगारी दिन्छौं । हामीले भनेका भिडियोहरू यत्रतत्र छन् । भनेको समयमा भनेका वाचाहरू पूरा नभएको हुन सक्दछन् । तर हामी हार मान्दैनौं नि । किनभने हामीलाई हार मान्ने छुट नै छैन,’ उनले भने ।

सरकारले चार महिनामै केही गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको प्रसंग उल्लेख गर्दै लामिछानेले सरकारले बिस्तारै काम गरिरहेको बताए । अझ राम्रो परिणाम आउने गरी सरकार अघि बढिरहेको भन्दै उनले आगामी दिनमा त्यसको परिणाम देखिने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै