नेभिगेशन
समाज

देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा  बिभिन्न प्रतिवेदनहरु पेश भएका छन् । 

काठमाडौँको सुकेधारास्थीत एक पार्टी प्यालेशमा जारी राष्ट्रिय भेला अन्तर्गतको बन्दसत्रमा विधान संशोधन लगाएतका बिभिन्न प्रस्ताव छलफलका लागि पेश गरिएको हो । बैठकमा कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनको प्रतिवेदनमा पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधि विपरीत अपमानीत गर्ने कार्य भएको उल्लेख गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै १५ औँ महाधिवेशनका लागि निर्धारित समयभित्रै क्रियाशील सदस्यता नवीकरण गरिसकेका सदस्यहरूलाई पनि अद्यावधिक गर्न दवाव दिनु अनुचित रहेको उहाको प्रतिवेदनमा उल्लेख छ ।

Ncell
Extreme Energy

त्यस्तै कांग्रेसका नेता रमेश लेखकले विधान संशोधनका लागि अवधारणा पत्र पेश गर्दै सामान्यतया एक व्यक्ति एकपटकमा एकपदमा मात्र जिम्मेवारीमा रहनसक्ने गरी आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।

केन्द्रीय महाधिवेशनको समयावधि समाप्त हुन भन्दा कम्तीमा ६ महिनाभन्दा कम अवधि बाँकी रहेको अवस्थामा, राष्ट्रिय निर्वाचन हुनुभन्दा कम्तीमा ६ महिना वा सो भन्दा कम अवधि बाँकी रहेको अवस्थामा तथा पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशन गरिने छैन भन्ने व्यवस्था गर्ने समेत उहाको प्रस्ताव छ ।

साथै बैठकमा कांग्रेसका नेता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक प्रस्ताव प्रस्तुत गरेका छन् । बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल भइ आइतबार आवश्यक निर्णयसहित पारित हुने कांग्रेस नेता मोहन बस्नेतले जानकारी दिए । 

उनले कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन बोलाउने प्रक्रियामा त्रुटि रहेको बताए । विधानअनुसार केन्द्रीय कार्यसमितिको निर्णय बिना, सभापति वा महामन्त्रीहरूले मात्र चाहेर विशेष महाधिवेशन बोलाउन वा प्रस्ताव पास गर्न नसकिने उनको तर्क छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...
नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर...
सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

गाइघाट बजारको विकासमा महत्त्वपूर्ण योगदान दिएको उद्योगभित्रको भ्रष्टाचार, व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप र व्यक्तिगत तथा समूहगत स्वार्थका कारण उद्योग क्रमशः धराशायी बन्दै गएको छ । यसको पछिल्लो उदाहरण...
प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदीसहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका हुन् ।

भर्खरै