नेभिगेशन
समाज

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैंध मालवस्तु ओसाररपोसार गरेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आज आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोमसहित जोमसोम–कोरला सडकको विभिन्न स्थानबाट कोरला नाकाबाट शङ्कास्पद रूपमा मालवस्तु ओसारपोसार गरेको भन्ने गोप्य सूचनाका आधारमा उक्त कन्टेनरहरू नियन्त्रणमा लिएको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु लोड गरी भन्सार कार्यालयतर्फ झर्दै गरेका मालबाहक कन्टेनरहरूको कागजपत्र तथा सोधपुछ गर्ने क्रममा उक्त कन्टेनरहरू भन्सार यार्डमा जाँच नगरी सिधैँ सिल लगाइ ल्याइएको प्रहरीको विवरणमा उल्लेख गरिएको छ ।

Ncell
Extreme Energy

प्रहरी निरीक्षक बस्यालका अनुसार मनसुनका कारण विपद् जोखिम न्यूनीकरणको लागि कोरला सडकमा रातिको समयमा सवारीसाधन चलाउन निषेध गरिएको अवस्थामा नियम विपरीत शङ्कास्पद तबरले नियम विपरीत हुने गरी लुकाइछिपाइ चलाउँदै आउँदै गरेको पाइएकाले उक्त कन्टेनरहरू नियन्त्रणमा लिनुपरेको जनाइएको छ ।

कोरला नाकादेखि भन्सार यार्डमा जाँच नगरी सिधैँ सिल लगाएर मालवस्तु लिएर जोमसोमतर्फ आउँदै गरेको बा प्र ०१-००५ ख २२४५, बा प्र ०१-००६ ख ६२७३, ना ३ ख ७१६०, ना ६ ख ४७४१, को १ ख ५६९६, बा प्र ०१-००६ ख २२४८, ना ६ ख २०२२ र बा प्र ०१-००६ ख ६६११ नम्बरको मालबाहक कन्टेनर जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार नियन्त्रणमा लिएका मालवस्तुबाहक कन्टेनरहरू अवैध मालवस्तुहरू हुनसक्ने बलियो शङ्का देखिएकाले उक्त कन्टेनरहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि मुस्ताङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा टोलीले राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइसकेको जनाइएको छ ।

नेपाल–चीन उत्तरी कोरला नाका गतवर्षको भदौ ३१ गते पूर्णरूपमा सञ्चालनमा आएयता पटकपटक अवैध रूपमा ओसारपोसार गर्ने मालबाहक कन्टेनरहरूलाई नियन्त्रणमा लिएर कारबाही चलाइ सकिएको छ । सीमा नाका कोरला नाकाबाट पटकपटक हुने अवैध सामान बरामदले राजस्व छली गर्ने गिरोहहरू सक्रिय हुन थालेको आकलन गरिएको छ ।

आव २०८२/८३ को पुस ९ गते कोरला नाकाबाट भित्रिएका दुई करोड २४ लाख मूल्य बराबरको अवैध विद्युतीय चुरोट भेप बरामद गरिएको थियो ।  आव २०८२/८३ को जेठ २ गते पनि कोरला नाकाबाट शङ्कास्पद रूपमा लुकाइछिपाइ भन्सार ल्याएका २० हजार थान विद्युतीय चुरोट भेप सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।