नेभिगेशन
सबै कुरा

टेरामक्स प्रविधि खरिदसम्बन्धी सम्पुर्ण कागजात पेश गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन

२६ असोज, काठमाडौं । प्रतिनिधिसभा अनतर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा अहिलेकासम्मका काजगात पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अहिलेकासम्मका कागजात र निर्णयहरुको प्रमाणीत प्रतिलिपी सात दिनभित्र समितिमा पेश गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

Extreme Energy

बैठकले दुरसञ्चार सेवा प्रदायहरुले तिर्न बाँकी कर, राजस्व र दायित्व तीन महिनाभित्र असुल उपर गर्न सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ भने निर्धारित समयभित्र राजस्व नतिर्ने सेवा प्रदायकहरुलाई कारवाहीको दायरामा ल्याइ त्यसको जानकारी समितिमा उपलव्ध गराउन निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । 

बैठकले ग्रामिण दुरसञ्चार कोष अन्तर्गतका योजनाहरु सुस्त रहेको पाइएको र सूचना राजमार्गमा अप्टीकल फाइबर बिच्छ्याउने कार्यले अपेक्षित गति लिन नसकेको भन्दै शिघ्र उक्त कार्य सम्पन्न गर्न पनि निर्देशन दिइएको पोखरेलले बताए । बैठकले प्रतिष्पर्धाका कारण विश्व दुरसञ्चार सेवामा शुल्क घटेपनि नेपालमा घट्न नसकेकाले गुणस्तरीय सेवा न्यून शुल्कमा उपलव्ध गराउन पनि बैठकले निर्देशन छ । 

त्यस्तै समितिले बैठकले स्मार्ट टेलिकमको लाइसेन्स बिक्रिको कार्य गैरकानूनी तवरले भइरहेको जानकारी आएकोले हाललाई उक्त कम्पनीको लाइसेन्स बिक्रि कार्यलाई स्थगित गर्न र यससम्बन्धी कागजात समितिलाई उपलव्ध गराउन पनि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...

भर्खरै