नेभिगेशन
सबै कुरा

लयमा फर्कदै घरजग्गा कारोबार, गत पुसमा ४ अर्ब २५ करोड राजश्व सङ्कलन

काठमाडौँ । घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत मङ्सिर महिनामा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएकामा पुस मसान्तसम्म रु चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजश्व प्राप्त भएको छ ।

Ncell
Extreme Energy

विभागका अनुसार सो महिनामा सेवा करबाट रु ३० करोड ४३ लाख ४४ हजार छ सय ६५ सङ्कलन भएको छ । यस्तै, रजिष्टे«शन दस्तुरबाट रु दुई अर्ब ६८ करोड ७८ लाख २६ हजार एक सय ४५, पूँजीगत लाभकरबाट रु एक अर्ब ६० करोड ८३ लाख २८ हजार एक सय ७२ प्राप्त भएको छ ।

काठमाडौँ उपत्यका भित्रका विभिन्न नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले रु ४० करोड ९४ लाख ४२ हजार सात सय ३२ राजश्व सङ्कलन गरेको छ । यसबाट ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ ।

यस्तै, मालपोत कार्यालय गोटीखेल ललितपुरले रु दुई लाख ८९ हजार ८४, मालपोत कार्याल भक्तपुरले रु २९ करोड ७६ लाख १३ हजार दुई सय ७१, मालपोत कार्यालय डिल्लीबजारले रु २१ करोड ९० लाख ९९ हजार छ सय ८५ राजश्व सङ्कलन गरेको छ ।

त्यस्तै, विभागका अनुसार, मालपोत कार्यालय चाबहिलले रु २२ करोड ९३ लाख ८० हजार तीन सय ६७, कलङ्की मालपोतले रु २१ करोड ९३ लाख ७१ हजार सात सय ९२, मालपोत कार्याल साङ्खुले रु १० करोड ३२ लाख ५९ हजार छ सय २२, मनमैजुले रु छ करोड ६८ लाख २९ हजार पाँच सय ६१, मालपोत कार्यालय टोखाले रु छ करोड ७७ लाख ३४ हजार छ सय ९७ बराबरको राजश्व सङ्कलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले रु १६ करोड ११ लाख तीन हजार चार सय ८१, मालपोत कार्यालय इनरुवा सुनसरीले रु १० करोड ९३ लाख ७४ हजार दुई सय ५७ राजश्व सङ्कलन गरेको छ ।

गत कात्तिकमा देशभर घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ

सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ निर्धारण...
धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदै अर्थ समिति

धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदै अर्थ समिति

प्रतिनिधि सभाको अर्थ समितिले आज नेपाल धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदैछ ।
तोला ६ सयले बढ्यो सुनको मूल्य

तोला ६ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४७५ कायम भएको छ...
तोलामा २ हजार ७ सयले बढ्यो सुनको मूल्य

तोलामा २ हजार ७ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५१० कायम भएको...