नेभिगेशन
सबै कुरा

'माथिको आदेश' भन्दै धर्नारत आरतीका बाबुआमा माथि 'प्रहरी ज्यादती' (भिडियो सहित)

छोरीको न्यायका लागि १२१ दिनदेखि माइतीघरमा धर्नारत आरती साहका बाबु आमालाई प्रहरीले माथिको आदेश भन्दै धरपकड गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आरतीका बाबु विनोद शाह, आमा निर्मला देवी र मामा प्रेम साहलाई प्रहरीले सनिबार धरपकड गरी सिहंदरबार प्रहरी वृतमा पुर्याएको छ । साथै आरतिको न्यायको माग गर्दै लेखिएको तुल ब्यानर समेत च्यातेको छ ।

सिंहदरबार प्रहरी वृतमा प्रहरीको घेरामा रहेको आरतीमा मामाले सिधाकुरासँग भने “आरतिको बाबा बिरामी हुनुहुन्छ, शरीर फुलेको छ, आज पनि हामी अनशनमै थियौ, एक्कासि प्रहरी आएर माथिको आदेश भन्दै हाम्रो पाल ब्यानर च्यात्यो र हामीलाई जबरजस्ती गाडीमा हालेर चौकीमा ल्याएको छ ” ।


प्रहरीवृत्त सिंहदरबारका इन्चार्ज डिएसपी रविन्द्र गुरुङले भने फोन उठाएनन् । धनुषाको जनकपुरमा उपमहानगरपालिका ९ की २२ वर्षीया आरती साहको गत जेठ ७ गते घरमै रहस्यमय मृत्यु भएको थियो ।

माइतीपक्षले आरतीका श्रीमान पक्षले दाइजोको निउँमा हत्या गरेको दाबी गर्दै आएका छन् भने श्रीमान पक्षले आरतीले आत्महत्या गरेको दाबी गर्दै आएका छन् । विवाह पछि निरन्तर दाइजोको दबाब दिइरहेका परिवारले हत्या गरेर अस्पताल पुर्याएको आरतीका बाबु आमा बताउँछन् ।

आरतिको मृत्यु लगत्तै जनकपुरमा प्रदर्शन गर्दा प्रहरीले हातपात गर्नुका साथै घटना दबाउन खोजेको भन्दै उनीहरू काठमाडौँ आएर धर्न सुरु गरेका हु्न् । प्रहरीले श्रीमानपक्ष सँग मिलेर मुद्दा कमजोर बनाएको बताउँदै आएका छन् ।

उनीहरूले धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का र डीएसपी बेदप्रकाश गौतमले अत्याचार गरेको बताउँदै आएका छन् । माइतीघरमा उनीहरूको तस्विर अंकित ब्यानर लगाएर धर्ना बसको शनिबार १२१ दिन पुगेको छ ।

यस अघि बुधबार राति १० बजे उनीहरू बसिरहेको ठाउँमा पुगेर ४ जनाले पाल तथा ब्यानर काटेका थिए । प्रहरीको तस्विर अंकित ब्यानर काट्दै गरेकाहरूले आरतीका बाबु विनोदलाई चक्कु देखाएका थिए । उनीहरूले चिच्याउन थालेपछि त्यहाँबाट भागेका उनीहरू मध्ये एक जनाको फोन खसेको थियो ।

घटनास्थलमा पुगेका प्रहरी इन्स्पेक्टर राजकुमार सिहंले उक्त फोन विनोदको हातबाट खोसेर लगेका थिए । धर्नास्थलमा सुरक्षा लागि बसेको हवल्दारलाई इन्स्पेक्टर राजकुमारले नै अन्नपूर्ण न्युरो अस्पतालमा लफडा बन्दै पठाएका थिए तर उक्त समयमा अस्पतालमा कुनै लफडानै भएको थिएन ।

घटना ४ दिनसम्म पनि प्रहरीले न धर्नामा बसेकाहरूलाई गएर चक्कु देखाउँदै प्रहरीको तस्विर अंकित ब्यानर काट्नेलाई नियन्त्रणमा लिएको छैन । बरु शनिबार धर्नामा बसेका आरतीका परिवारलाई नै नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार एसपी खड्का र डीएसपी गौतमले ब्यानरमा आफ्नो फोटो राखेर आँफुहरुलाई मानसिक तनाव भएको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका थिए । त्यसपछि गृह मन्त्रालयकै आदेश अनुसार उक्त पोस्टर हटाउन प्रहरी माइतीघर पुगेको प्रहरीले जनाएको छ । ब्यानर हटाउन नदिएपछी उनिहरुलाई नियन्त्रण लिएको जनाएको छ । उसो त प्रहरीले शनिबार ब्यानर हटाउन आफै गएको स्वीकार गरेपनि बुधबार राति ब्यानर काट्न गएकाहरूका विषयमा भने मौनता साँधेको छ । 

यता आरतीको मृत्यु प्रकरणमा पुर्पपक्षकालागि थुनामा रहेका आरतीका श्रीमान मोतीबाबु र ससुरा मदनमोहन साहलाई पनि उच्च अदालतले साधारण तारेखमा छाडेको छ । उनीहरूलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चिनियाँ राष्ट्रपति सी जिनपिङको किताब जलाइएकोमा चीनको ध्यानाकर्षण, कारबाहीका लागि गृह मन्त्रालयको निर्देशन

चिनियाँ राष्ट्रपति सी जिनपिङको किताब जलाइएकोमा चीनको ध्यानाकर्षण, कारबाहीका लागि गृह मन्त्रालयको निर्देशन

मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो ।
हत्या अभियोगमा बाजुरामा एक जना पक्राउ

हत्या अभियोगमा बाजुरामा एक जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो ।
१ करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

१ करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डीको रकमसहित यहाँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाका २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी...
नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष श्रेष्ठ पक्राउ

नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष श्रेष्ठ पक्राउ

पक्राउ पर्नेमा नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने काठमाडौँ महानगरपालिका–२४ वटु घर भएका ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेका केन्द्रीय प्रहरी प्रबक्ता...

भर्खरै