नेभिगेशन
सबै कुरा

पूर्वलडाकुका लागि नेपाली सेना दुरुपयोग गर्न हुने चलखेल स्विकार्य छैन: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल भएको भन्दै शङ्का व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति शङ्का व्यक्त गर्दै नेता कोइरालाले पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन् । 

Extreme Energy

सामाजिक सञ्जालमा उनले राष्ट्रिय सुरक्षासँग जोडिएको र राजनीतिबाट टाढा रहेको सेनामा हुने चलखेलले दुर्घटना निम्त्याउने उल्लेख गरेका छन् ।

‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,’ उनले लेखेका छन्, ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं ।  सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।’

माओवादी सेनाबाट समायोजन भएर गएकामध्ये सबैभन्दा उच्च पदमा पुगेका सहायक रथी अधिकारीको चार वर्षे पदावधि सकिएपछि सरकारले तीन वर्ष थप्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसदमा विपक्षीको अवरोध कायमै, बैठक १५ मिनेटका लागि स्थगित

संसदमा विपक्षीको अवरोध कायमै, बैठक १५ मिनेटका लागि स्थगित

दिनभर नीति तथा कार्यक्रममा छलफल भएपनि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिन तयार भएपछि विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पास

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पास

राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिएपछि राष्ट्रिय सभाले पारित गरेको हो ।
आर्थिक समृद्धिका लागि गाँजाखेतीलाई वैधानिकता दिन एमाले सांसद राईको आग्रह

आर्थिक समृद्धिका लागि गाँजाखेतीलाई वैधानिकता दिन एमाले सांसद राईको आग्रह

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद राईले नेपालमा गाँजाखेतीलाई वैधानिकता दिन आग्रह गरेका हुन् ।
अर्थतन्त्रको संरचनात्मक सुधारमा ध्यान दिन सरकारलाई पुनको आग्रह

अर्थतन्त्रको संरचनात्मक सुधारमा ध्यान दिन सरकारलाई पुनको आग्रह

सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल गर्दै कोरा आर्थिक वृद्धि होइन, अर्थतन्त्रको संरचनात्मक सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका हुन्।