नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण

दावा र झलकरामको संवादले सरकारको पोल खोल्दैन ? : सूर्य थापा

७ भदाै, काठमाडाै‌ । सिधाकुराले खुलासा गरेको अध्यागमन विभागका महानिर्देशक र ६० किलो सुन तस्करीका नाइके भनिएका दावा छिरिङबीच संवादको विषयमा संसदमा पनि प्रश्न उठेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा एमालेका सांसद सूर्य थापाले आफ्नो मातहतको निकायका महानिर्देशकको संवाद बाहिरिदा गृहमन्त्रीले फिर्ता बोलाए कि बोलाएनन् भनेर प्रश्न गरेका छन् । ‘अध्यागमनका डीजी झलकराम अधिकारी र सुन तस्करीको अभियुक्तको रुपमा राज्यको हिरासतमा रहेका दावाबीचको सार्वजनिक वी–च्याट संवादबारे गृहमन्त्रीको धारणा के हो ?’ उनले प्रश्न गरेका छन् । ‘यो गर्न मिल्ने स्वभाविक काम हो ? मैले भन्सार अध्यागमनमा काम गरेर कसैको चिया समेत नखाने अधिकारीहरुको संगत गरेको छु । यो वी–च्याट सार्वजनिक भएपछि गृहमन्त्रीले फिर्ता गर्नु भयो कि भएन ? सुन समातिएको १ महिना पाँच दिनसम्म भन्सार, सुरक्षाका संलग्न अधिकारीहरु किन फिर्ता गरिएन ? दावाको संवादले सरकारको पोल खोल्दैन र ?’ थापाले सभामुखमार्फत प्रश्न गरे । 

Ncell
Extreme Energy

६० किलो सुन प्रकरणमा अध्यागमनका महानिर्देशक झलकराम अधिकारी र दावा छिरिङबीचको संवादको खुलासा गरेको थियो । 

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

अधिकारीले चीनबाट आएका अवैध  सामानको फोटो, भन्सार पासका कागजपत्र दावालाई पठाउने गरेका थिए । अधिकारीले दावालाई पठाएको फोटोमा देखिए जस्तै पानी तान्ने मोटर, टोखामा दावाले बनाएको सुन पगाल्ने उद्योगमा भेटिएको थियो । त्यतिमात्र होइन उनीहरुबीच ठूलो विजनेस(धन्दा) को बारेमा समेत कुराकानी भएको थियो । 

अधिकारीलाई कारोबारमा सहयोग गरेबापत दावाले ठुलै रकम दिने गरेको फरेन्सिक ल्यावमा दावाको फोन रिकभर गर्दा भेटिएको वीच्याट कुराकानीमा देखिएको छ । सिधाकुराले समाचार प्रकाशन गरेपछि अधिकारीलाई मन्त्रालयमा जगेडामा राखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्यो– चिनी ११० रुपैयाँमा बिक्री भइरहेको छ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्यो– चिनी ११० रुपैयाँमा बिक्री भइरहेको छ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको बताएको छ।
यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो।
प्रतिवेदन लेख्न भेला हुँदैथे तीन नेता, ओलीले बोलाए गुण्डु

प्रतिवेदन लेख्न भेला हुँदैथे तीन नेता, ओलीले बोलाए गुण्डु

नेकपा एमालेभित्र पुनर्गठनको मुद्दा पुनः पेचिलो बनेको छ।
बाढी प्रभावित नुवाकोट र रसुवामा सिएमसीको २१ सदस्यीय चिकित्सक टोली

बाढी प्रभावित नुवाकोट र रसुवामा सिएमसीको २१ सदस्यीय चिकित्सक टोली

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बाढी प्रभावित नुवाकोट र रसुवामा विशेषज्ञ चिकित्सकसहित २१ सदस्यीय स्वास्थ्य टोली पठाएको छ।