नेभिगेशन
सबै कुरा

चिकेनोमिक्स: दक्षिण एसियाका कुखुरा विज्ञहरू काठमाडौंमा भेला भई के छलफल गरे ?

काठमाडौँ । अमेरिकी सोयाबिन निर्यात काउन्सिलको आयोजनामा काठमाडौँमा ‘चिकेनोमिक्स’ बहस सम्पन्न भएको छ। दिगोपन, कुखुरा उत्पादनको आधुनिकीकरण, दाना लागत न्यूनीकरण र पशुपालन पोषण जस्ता विषयहरू छलफल भएको सो कार्यक्रममा दक्षिण एसियाका कुखुरा विज्ञहरू भेला भएका थिए । उनीहरूले दाना लागतको अनुपात सुधार्ने र पशुपालनको उत्पादकत्व वृद्धि गर्ने उपायबारे छलफल गरे।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दक्षिण एसियाको कुखुरा उद्योगले अमेरिकी सोयालाई मुख्य दानाका रूपमा प्राथमिकता दिइरहेको छ। उच्च ऊर्जा र प्रोटिन स्तर भएको कारण, अमेरिकी सोयाले गुणस्तरीय खोराक प्रदान गर्नुका साथै लागत घटाउन र नाफा वृद्धि गर्न मद्दत गर्दै आएको छ।

Ncell
Extreme Energy

हालैका महिनाहरूमा अमेरिकी सोयाले यस क्षेत्रमा उल्लेखनीय बजार बनाउँदै गइरहेको छ । पाकिस्तानले दुई वर्षपछि पुनः व्यापार खोल्दै बजार पहुँचलाई सहज बनाएको छ। नेपालमा प्रमुख कुखुरा उत्पादक भ्याली ग्रुप ले आफ्नो प्याकेजिङमा 'Fed with Sustainable U.S. Soy’ लेबल प्रयोग गर्ने निर्णय गरेको छ ।

अमेरिकी कृषि विभागका अनुसार, बंगलादेशमा अमेरिकी सोयाबिन आयात अघिल्लो वर्षको तुलनामा ३६.२५ ले वृद्धि भएको छ। साथै, भारतले १,११,५०० मेट्रिक टन अमेरिकी सोयाबिन तेल खरिद गर्न बाँकी रहेको छ, जसले अमेरिकी सोयाको यस क्षेत्रमा बढ्दो उपस्थिति देखाउँछ।

सन् २०२५ अमेरिकी सोयाका लागि राम्रो सुरुवात दक्षिण एशियाबाट भएको काउन्सिलका दक्षिण एशिया तथा उप सहारा अफ्रिकाका क्षेत्रीय निर्देशक केभिन रोप्के बताउँछन् । ‘हाम्रो ग्राहकहरूले अमेरिकी सोयाले खाद्य तथा पोषण सुरक्षामा पुर्याउन सक्ने योगदानलाई बुझेका छन्। हामी विश्वस्त छौँ कि यस वर्षले उद्योगसँगको हाम्रो साझेदारी अझ बलियो बनाउने छ,’ केभिन रोप्केले भने ।

कार्यक्रममा अमेरिकी सोयाबिन किसान तथा अमेरिकन सोयाबिन एशोसिएसनका निर्देशक डेन्निस फुजान र युनाइटेड सोयाबिन बोर्डका निर्देशक काइल डरहमले अमेरिकी सोयाको दिगो खेतीबाली प्रणालीबारे प्रकाश पारे। उनले अमेरिकी सोयाले अन्य क्षेत्रको सोयाको तुलनामा सबैभन्दा कम कार्बन उत्सर्जन गर्ने भएकाले यसको दिगोपन एक महत्वपूर्ण विशेषता बनेको बताए ।

नेपाल भ्रमणको अनुभवबारे बोल्दै काइल डरहमले दक्षिण एसियाली कुखुरा उद्योगका प्रतिनिधिहरूलाई अमेरिकाको मिसौरीस्थित अमेरिकी सोयाबिन फार्ममा स्वागत गर्ने अवसर पाएको स्मरण गरे । नेपालमा आएर उहाँहरुलाई प्रत्यक्ष रूपमा भेट्ने अवसर पाउनु अविश्वसनीय अनुभव रहेको उनको भनाई थियो । उनले  यहाँका विज्ञहरूसँगको छलफलबाट धेरै सिक्न पाइएको धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...
प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७७५ मा कारोबार भएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।

भर्खरै