नेभिगेशन
सबै कुरा

चिकेनोमिक्स: दक्षिण एसियाका कुखुरा विज्ञहरू काठमाडौंमा भेला भई के छलफल गरे ?

काठमाडौँ । अमेरिकी सोयाबिन निर्यात काउन्सिलको आयोजनामा काठमाडौँमा ‘चिकेनोमिक्स’ बहस सम्पन्न भएको छ। दिगोपन, कुखुरा उत्पादनको आधुनिकीकरण, दाना लागत न्यूनीकरण र पशुपालन पोषण जस्ता विषयहरू छलफल भएको सो कार्यक्रममा दक्षिण एसियाका कुखुरा विज्ञहरू भेला भएका थिए । उनीहरूले दाना लागतको अनुपात सुधार्ने र पशुपालनको उत्पादकत्व वृद्धि गर्ने उपायबारे छलफल गरे।

दक्षिण एसियाको कुखुरा उद्योगले अमेरिकी सोयालाई मुख्य दानाका रूपमा प्राथमिकता दिइरहेको छ। उच्च ऊर्जा र प्रोटिन स्तर भएको कारण, अमेरिकी सोयाले गुणस्तरीय खोराक प्रदान गर्नुका साथै लागत घटाउन र नाफा वृद्धि गर्न मद्दत गर्दै आएको छ।

City Express

हालैका महिनाहरूमा अमेरिकी सोयाले यस क्षेत्रमा उल्लेखनीय बजार बनाउँदै गइरहेको छ । पाकिस्तानले दुई वर्षपछि पुनः व्यापार खोल्दै बजार पहुँचलाई सहज बनाएको छ। नेपालमा प्रमुख कुखुरा उत्पादक भ्याली ग्रुप ले आफ्नो प्याकेजिङमा 'Fed with Sustainable U.S. Soy’ लेबल प्रयोग गर्ने निर्णय गरेको छ ।

अमेरिकी कृषि विभागका अनुसार, बंगलादेशमा अमेरिकी सोयाबिन आयात अघिल्लो वर्षको तुलनामा ३६.२५ ले वृद्धि भएको छ। साथै, भारतले १,११,५०० मेट्रिक टन अमेरिकी सोयाबिन तेल खरिद गर्न बाँकी रहेको छ, जसले अमेरिकी सोयाको यस क्षेत्रमा बढ्दो उपस्थिति देखाउँछ।

सन् २०२५ अमेरिकी सोयाका लागि राम्रो सुरुवात दक्षिण एशियाबाट भएको काउन्सिलका दक्षिण एशिया तथा उप सहारा अफ्रिकाका क्षेत्रीय निर्देशक केभिन रोप्के बताउँछन् । ‘हाम्रो ग्राहकहरूले अमेरिकी सोयाले खाद्य तथा पोषण सुरक्षामा पुर्याउन सक्ने योगदानलाई बुझेका छन्। हामी विश्वस्त छौँ कि यस वर्षले उद्योगसँगको हाम्रो साझेदारी अझ बलियो बनाउने छ,’ केभिन रोप्केले भने ।

कार्यक्रममा अमेरिकी सोयाबिन किसान तथा अमेरिकन सोयाबिन एशोसिएसनका निर्देशक डेन्निस फुजान र युनाइटेड सोयाबिन बोर्डका निर्देशक काइल डरहमले अमेरिकी सोयाको दिगो खेतीबाली प्रणालीबारे प्रकाश पारे। उनले अमेरिकी सोयाले अन्य क्षेत्रको सोयाको तुलनामा सबैभन्दा कम कार्बन उत्सर्जन गर्ने भएकाले यसको दिगोपन एक महत्वपूर्ण विशेषता बनेको बताए ।

नेपाल भ्रमणको अनुभवबारे बोल्दै काइल डरहमले दक्षिण एसियाली कुखुरा उद्योगका प्रतिनिधिहरूलाई अमेरिकाको मिसौरीस्थित अमेरिकी सोयाबिन फार्ममा स्वागत गर्ने अवसर पाएको स्मरण गरे । नेपालमा आएर उहाँहरुलाई प्रत्यक्ष रूपमा भेट्ने अवसर पाउनु अविश्वसनीय अनुभव रहेको उनको भनाई थियो । उनले  यहाँका विज्ञहरूसँगको छलफलबाट धेरै सिक्न पाइएको धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै दुई लाख १७ हजार एक सय

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै दुई लाख १७ हजार एक सय

सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन मंगलबार तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी...
आजबाट चाडपर्व लक्षित सहुलियत पसल सुरु

आजबाट चाडपर्व लक्षित सहुलियत पसल सुरु

अहिले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट ५१ प्रकारको खाद्यान्न बिक्रीमा राखिएको प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन् । यस वर्ष मसलाजन्य वस्तुहरू समेत बिक्रीमा राखिएको उनले जानकारी दिइन् । चामल, गहुँ,...
प्रतितोला २ लाख १५ हजार १०० मा कारोबार हुँदै सुन

प्रतितोला २ लाख १५ हजार १०० मा कारोबार हुँदै सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु दुई हजार ५७० कायम भएको छ ।
हिजो किर्तिमान बनाएको सुनको मूल्य आज स्थिर

हिजो किर्तिमान बनाएको सुनको मूल्य आज स्थिर

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।