नेभिगेशन
सबै कुरा

रास्वपाले भुटानी देखि गिरीबन्धुसम्मका काण्डको संसदीय छानबिन समिति माग गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न छ वटा चर्चित भ्रष्टाचार काण्डको संसदीय छानबिन समिति गठनको माग गर्ने भएको छ । शुक्रबार सुरु भएको  संसदको हिउँदे अधिवेशनमा बोल्दै रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले अब भुटानी शरणार्थी काण्डदेखि गिरीबन्धु भ्रष्टाचारसम्मका आधा दर्जन प्रकरणको संसदीय छानबिन समिति गठन माग गर्ने उनको भनाई छ । ‘भुटानी देखि कम्बोडियासम्म, वाइडबडी देखि एनसेलसम्म र  बालुवाटार देखि गिरीबन्धुसम्मको भ्रष्टाचार छानबिन गर्न रास्वपाले अब संसदीय छानबिन समिति गठन गर्न माग गर्दछ,’ उपसभापति वाग्लेले भने । 

Ncell
Extreme Energy

यस्तै, उनले नेपालको राजकीय पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न न्यायिक आयोगको माग पनि गरे । ‘जाँचबुझ आयोग ऐन अनुसार पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्न रास्वपा माग गर्दछ,’ उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापाको बाह्रदशी गाउँपालिका–२, जनता चोकमा हात्तीको आक्रमणबाट ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ। आक्रमणमा परी ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन्।
बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् परियोजना रोक्नुभन्दा प्राकृतिक जोखिमलाई ध्यानमा राखेर एकीकृत विकास योजनासहित अघि बढाउनुपर्ने बताएका छन्।
रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

गोरखाको धार्चे गाउँपालिका–३, उहियामा ज्यान जोखिममा रहेकी २१ वर्षीया गर्भवती सुस्मि घलेलाई नेपाल रेडक्रसले हेलिकोप्टरमार्फत उद्धार गरेको छ।
राष्ट्रपतिको शुभकामना : दसैँले पारिवारिक आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ बनाओस्

राष्ट्रपतिको शुभकामना : दसैँले पारिवारिक आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ बनाओस्

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको शुभकामना दिएका छन्।