नेभिगेशन
सबै कुरा

प्युठानको सांगीतिक वृत्तचित्र ‘जिल्लैभरि सँगसँगै घुम्दै रमाउँला’ प्रदर्शन, चाँडै सार्वजनिक हुने

काठमाडाैँ : प्यूठानका प्रमुख धार्मिक, सांस्कृतिक, प्राकृतिक  एवं पर्यटकीय सम्पदा समेटेर बनाइएको सांगीतिक वृत्तचित्र प्रदर्शनी भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काठमाडौँको बागबजारस्थित सिटी म्याक्स सिनेमा हलमा प्रतिनिधिसभाका सांसद सूर्य थापाको प्रमुख आतिथ्यतामा वृत्तचित्र प्रदर्शनी  गरिएको हो । 

Ncell
Extreme Energy

प्यूठानको बाङ्गेशाल भन्ने ठाउँमा जन्मिएका डा। राजन पासाले डेढ वर्ष लगाएर ‘जिल्लैभरि सँगसँगै घुम्दै रमाउँला’ भन्ने नारा राखेर उक्त वृत्तचित्र तयार गरेका हुन् । शिक्षा र ग्रामीण विकासमा विद्यावारिधि गरेका उनी त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक समेत हुन् ।

करिब २१ मिनेट लामो उक्त सांगीतिक वृत्तचित्रमा प्युठानका स्वर्गद्वारी, गौमुखी, नौबहिनी, झिमरुक नदी, ऐरावतीजस्ता प्रमुख धार्मिक तीर्थस्थल समेटिएको छ । 

त्यस्तै लुङ्गका रिजाल बन्धुको सभ्यता एवम् कुलपूजा, झिम्रुक फाँट, नदीनाला एवं जिल्लाका सुन्दर बस्ती समेटिएको उक्त वृत्तचित्रमा सुन्दर एवं मनोरम दृश्यावलोकन गर्न सकिन्छ । 

शनिवार प्रदर्शन भएको उक्त वृत्तचित्र प्रदर्शन समारोहमा जिल्ला तथा जिल्ला बाहिरका ख्यात प्रख्यात व्यक्तित्वहरुको सहभागी थियो । कार्यक्रममा वरिष्ठ कलाकार हरिहर शर्मा, साहित्यकार जीवराज भट्टराई, प्रा।डा।प्रेम शर्मा, कलाकार बेगम नेपाली ’भटभटे माइलो’, गोरखा पालुङ्गटार नगरपालिकाकी उपमेयर वन्दना पाण्डे, माओवादी केन्द्रका नेता कुलमान गिरी, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष धर्म गिरी, अधिवक्ता विमल पोखरेल, समीर सिंह, अस्मिता केसी, समुन्द्र गिरी, ध्रुव बस्याल, विपी बडाललगायतको उपस्थिति थियो।


राजन पासा र नीना बुढामगरको अभिनय र राजन पासा र तृप्ती खड्का गुरुङको स्वर रहेको रहेको उक्त वृत्तचित्रले जिल्लामा पर्यटकीय क्षेत्रको विकासमा टेवा पुर्याउने निर्माण पक्षको विश्वास छ । 

सांगीतिक वृत्तचित्रको प्रदर्शन गर्दै सुरु भएको उक्त कार्यक्रममा बोल्दै उपस्थित अतिथिहरूले प्युठानको समग्र विकासका लागि आफूहरूले आ–आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्ने बताए । 

शनिबार काठमाडौँमा एक कार्यक्रम गरेर प्रदर्शन गरिएको उक्त वृत्तचित्र हालका लागि भने सार्वजनिक गरिएको छैन । तर निर्माण पक्षले आउँदो कार्तिक महिनामा राजन पासाकै युट्युब च्यानल मार्फत् उक्त वृत्तचित्र सार्वजनिक गरिने बताएको छ । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रोशनराज भट्टराई र एलिना चौहानको 'तीजको लहर' गीत सार्वजनिक

रोशनराज भट्टराई र एलिना चौहानको 'तीजको लहर' गीत सार्वजनिक

गीतकार रोशनराज भट्टराई र गायिका एलिना चौहानकाे नयाँ तीज गीत 'तीजको लहर' सार्वजनिक भएको छ ।
लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भी विपक्षीको नाममा अल्पकालिन अनतरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र...
अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

ब्रेन क्यान्सरका कारण विवेकको निधन भएको वर्ष दिनको तिथि पारेर गीत रिलिज गरिएको हो । विवेकको उपचार चलिरहेको समयमा अमेरिकाबाट सिर्जनाले पोस्ट गर्ने भिडियोहरु नेपाल र भारतमा सामाजिक...
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।