नेभिगेशन
सबै कुरा

चक्रपथको दोस्रो खण्ड विस्तार एक वर्षपछि मात्रै सुरु हुने

काठमाडौँ । चक्रपथको दोस्रो खण्डको विस्तारका लागि मुख्य लेनमा चिनियाँले काम गर्न अझै एक वर्ष लाग्ने भएको छ । चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको कलङ्की–वसुन्धारा सडकको अध्ययनको काम भइरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले चिनियाँले आफ्नै देशमा विस्तृत परियोजना अध्ययन (डिपिआर) गरिरहेको महाशाखाका प्रमुख डा विजय जैसीले बताए । 

Ncell
Extreme Energy

अध्ययनका लागि अझै छ महिना लाग्ने र अर्काे छ महिनामा ठेक्का लाग्ने जैसी दाबी गर्छन् ।

गत वर्ष नेपाल आएका चिनियाँले कलङ्कीबाट बसुन्धारासम्मको सडकको अध्ययन गरिसकेर निर्माण अघि बढाउने बताएका थिए । 

चिनियाँले काम सुरु गर्ने समय पहिले नै विभागले मर्मत गर्न खोजेको छ । मर्मतका लागि विभागले ठेक्का गर्न लागेको छ । सबैभन्दा छेउको सर्भिस लेनमा धुलो उड्ने समस्या रहेकाले अहिले चक्रपथ विस्तार आयोजना र डिभिजन सडक काठमाडौँले काम गरिरहेको जैसीले बताए । 

चक्रपथको पहिलो खण्डमा जस्तै दोस्रोमा पनि मुख्य आठ लेन चिनियाँले बनाउने छ भने त्योभन्दा बाहिरको एक÷एक लेन ‘सर्भिस लेन’ सरकारले बनाउने गरी सम्झौता भएको थियो । बीचको लेनमा काम सुरु भइनसकेको र त्यसले गर्दा सडक धुलाम्मे भएकाले अहिले छेउमा काम सुरु गरिएको विभागले जनाएको छ । 

पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलङ्कीबाट बसुन्धरातर्फको सडक निर्माण गर्न इच्छा देखाएको थियो । ‘साइड क्लियर’ नहुँदा निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो । 

चिनियाँ पक्षले सडक हस्तान्तरण गर्दासमेत नेपाल सरकारले निर्माण गर्ने भनिएको छेउको लेनमा घरटहरा हट्न सकेको थिएन । सोही अनुभवका आधारमा अहिले पहिले नै निर्माणस्थल खाली गरेर मात्रै निर्माण सुरु गर्ने तयारी गरिएको विभागले बताउँदै आएको छ । 

चक्रपथको विस्तार भएको सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो । सरकारले मुख्य सडकभन्दा बाहिरपट्टी दुवैतर्फ सर्भिस ट्र्याक निर्माण गर्दा यो सडक १० लेन बनेको हो । 

सडकको बीचमा चार लेन मुख्य लेन, त्यस बाहिर दुई÷दुई गरी जम्मा चार लेन रहेको छ । चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाडौँ गरी दुवै जिल्लामा रहेको छ । दोस्रो खण्ड भने काठमाडौँमा मात्रै रहेको छ । 

चिनियाँ पक्षसँग पहिले चाबहिल धोबीखोलासम्म सडक विस्तार गर्नेगरी छलफल भएको थियो । स्वयम्भु, महाराजगञ्जलगायतका स्थानमा निर्माणस्थल खाली गराउँदा विभिन्न अवरोध आएपछि कलङ्कीबाट वसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो

राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो

राष्ट्रिय गौरवका आयोजनाको संशोधित लागत अनुमान रु २४ खर्ब १५ अर्ब छ करोड ९७ लाख र ६९ दशमलव सात करोड अमेरिकी डलर रहेको छ । गौतमबुद्ध विमानस्थल, माथिल्लो...
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र अमेरिका भिड्दै

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र अमेरिका भिड्दै

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई...
दोस्रो आर्थिक गणनाः वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

दोस्रो आर्थिक गणनाः वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

उनका अनुसार गणनाका क्रममा व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था, व्यापारसम्बन्धी प्रतिष्ठानलगायतको तथ्याङ्क सङ्कलन गरिएको छ । विसं २०७५ मा पहिलोपटक...
मनसुन आकलनः ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

मनसुन आकलनः ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

कार्ययोजनामा भनिएको छ, “यस वर्षको मनसुनको पूर्वानुमान सन् २०१४, २०१६ र २०२२ का मनसुन मौसमसँग मिल्दोजुल्दो देखिन्छ । समग्रमा यस वर्षको मनसनुको अवधिमा मनसनुजन्य विपद्बाट देशभर करिब ५१...