नेभिगेशन
नेताका कुरा
कांग्रेसमा सहमतिको प्रयास

खड्काको लचकतापछि दबाबमा इतरपक्ष

कार्यसम्पादन समिति बैठकले गर्ने निर्णयको प्रतीक्षामा इतरपक्षका नेताहरू

काठमाडौँ । कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का संस्थापनले आह्वान गरेको पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुन लचक बनेपछि इतरपक्ष दबाबमा परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति गगनकुमार थापाले खड्कासँगको सहमतिपछि नै कार्यसम्पादन समिति बैठक बोलाएका हुन् । सानेपामा जारी कार्यसम्पादन समिति बैठकले सभापति गगन थापा र निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काबीच भएको सहमति अनुमोदन गर्दै महाधिवेशनमा सहभागी हुन पार्टीका सबै नेता तथा कार्यकर्तालाई आह्वान गर्ने बताइएको छ ।

Extreme Energy

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले आह्वान गरेको महाधिवेशनलाई चुनौती दिँदै इतरपक्षले समानान्तर महाधिवेशनको तालिका सार्वजनिक गरेपछि कांग्रेस औपचारिक रुपमा नै दुई चिरा परेको सन्देश कार्यकर्तामाझ गएको थियो ।

सभापति थापा निकट स्रोतका अनुसार, थापाले नेता शेखर कोइराला र खड्कासँग पछिल्लो पटक गरेको छलफलबाट संस्थापन पक्ष उत्साहित छ । खड्काले आफ्ना केही माग कार्यसम्पादन समितिबाट सम्बोधन गरे महाधिवेशनमा सहभागी हुने ‘बचन’ दिएका छन् ।

पछिल्लो संवादपछि खड्का पक्षका नेताहरु पनि महाधिवेशनमा सहभागी तयारीमा जुटेका छन् । कतिपय नेताले इतरपक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित महाधिवेशन तयारी समितिको जिम्मेवारीबाट समेत अलग भएको घोषणा गरेका छन् । इतरपक्षले तोकेका केही जिल्ला प्रतिनिधिले पनि जिम्मेवारी अस्वीकार गरेका छन् ।

खड्कासहितका नेताहरु अहिले कार्यसम्पादन समितिको निर्णयको प्रतीक्षामा छन् । इतरपक्षले चौधौँ महाधिवेशनबाट बनेको केन्द्रीय समितिमा रहेका १११ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्न सभापति थापालाई आग्रह गरेको थियो । तर, तीमध्ये केहीलाई केन्द्रीय सदस्य मनोनयन गर्ने सभापति थापाको तयारी छ ।

संस्थापन पक्षसँग खड्का र उनी समर्थक नेताहरुको निकटता बढिरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला भने दबाबमा परेका छन् ।

स्रोतका अनुसार, शेखर कोइरालाले निकटस्थ केही नेताहरुसँग छलफल गरेका छन् । शेखरले नै केही दिनअघि सभापति थापालाई निवर्तमान सभापति देउवासँग भेटवार्ता गर्न सल्लाह दिएका थिए । उनको सल्लाहअनुसार नै थापाले देउवालाई भेट्न प्रयास गरे पनि देउवाले समय नदिँदा थापा र देउवाबीच भेटवार्ता हुन सकेको छैन ।

कार्यसम्पादन समितिले केही नेतालाई केन्द्रीय समितिमा मनोनीत गर्ने, गत पुससम्म नवीकरण भएका क्रियाशील सदस्यतालाई मान्यता दिई डिजिटल अद्यावधिकलाई अनिवार्य नगर्ने, केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा (इतरपक्षका) नेता तथा प्रतिनिधिलाई पनि समावेश गर्दै महाधिवेशनमा सहभागी हुन अपिल जारी गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

बिचौलिया इनम सापकोटासँग उच्च पदस्थ व्यक्ति र व्यवसायीहरूको सम्पर्क देखिएको विवरण सार्वजनिक हुन थालेपछि उनीमाथिको अनुसन्धान गर्न छुट्टै समिति गठन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत...
इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटासम्बन्धी अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण भएको जनाएको छ।
इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस दिएको विषयमा प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको बताएका छन्।
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...

भर्खरै