नेभिगेशन
सबै कुरा

वीरगंजका पाँच नीजि अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, इण्डो नेपाल हस्पिटल तत्काल बन्द गर्न निर्देशन

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगंजको प्रतिमा चोकस्थित इण्डो नेपाल हस्पिटल तत्काल बन्द गर्न निर्देशन दिएका छन् । बुधबार मुख्यमन्त्री सिंह आफैँ अनुगमनमा पुग्दा सो अस्पताल अनुमति नलिई सञ्चालन भएको पाइएपछि उनले सो अस्पताल तत्काल बन्द  गर्न निर्देशन दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुख्यमन्त्री सिंहले बिरामीलाई अन्यत्र स्थानान्तरण गरि अस्पताल पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत संतोष ठाकुरका अनुसार अस्पताललाई नयाँ बिरामी भर्ना नगर्न तथा सञ्चालन तत्काल बन्द गर्न निर्देशन दिइएको हो ।

Ncell
Extreme Energy

त्यस्तै मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार वीरगंजका पाँचवटा निजी अस्पतालहरूको अनुगमन गरेका छन् । जनकपुरका चार अस्पताल बन्द गराएका मुख्यमन्त्री सिंहले अहिले वीरगंजका अस्पतालहरूको अनुगमन गर्दै निजी अस्पतालहरुलाई दायराभित्र ल्याउने प्रक्रिया सुरु गरेका छन्। अनुगमनका क्रममा उनले अस्पतालहरूको सेवा, सरसफाइ तथा व्यवस्थापन सुधार गर्न निर्देशन दिएका छन् ।

सिंहले बुधबार वीरगंजको बसपार्कस्थित भवानी हस्पिटल, पानीट्याङ्कीस्थित प्रभु हस्पिटल र सर्वोतम हस्पिटल, बाइपासस्थित स्पर्श हस्पिटल र प्रतिमाचोकस्थित नेपाल इण्डो हस्पिटलमा अनुगमन गरेका हुन् । अनुगमनका क्रममा इण्डो नेपाल हस्पिटलमा चिकित्सक नै भेटिएनन् भने त्यहाँका इमरजेन्सी कक्ष तथा अन्य ओपीडिमा समेत चिकित्सक नरहेको उनले बताए । त्यस्तै सो अस्पतालले सञ्चालन अनुमति समेत नलिएका कारण तत्काल बन्द गर्न निर्देशन दिएका हुन् । 

त्यस्तै सर्वोतम अस्पतालको अनुगमनका क्रममा अत्याधिक फोहोर भेटिएकाले तत्काल सफाइ सुधार गर्न र आकस्मिक कक्षमा अत्याधिक भीड व्यवस्थापन गर्न समेत निर्देशन दिएका छन्।

यस्तै मुख्यमन्त्री सिंहले अस्पतालहरूले गरिब तथा असहाय बिरामीहरूलाई अनिवार्य रूपमा १० प्रतिशत छुट दिनुपर्ने, ल्याब उपकरणहरू सरकारी मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने तथा अस्पतालको सेवा पारदर्शी बनाउनुपर्ने बताएका छन् । त्यस्तै उनले ती शर्तहरु अनिवार्य लागु गर्न निर्देशन दिएका छन् । 

यसअघि, मधेस प्रदेश सरकारको टोलीले जनकपुरका विभिन्न निजी अस्पतालहरूमा अनुगमन गरेर चार अस्पताल बन्द गर्न निर्देशन दिइसकेको छ । 

मन्त्रालयका अधिकारीहरूको टोलीले जनकपुरको कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर, गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक, नवजीवन हस्पिटल, वैदेही हस्पिटल, जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल प्रालि र एडभान्स सिटी स्क्यानमा अनुगमन गरेको थियो ।

अनुगमनपछि जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल र कृष्ण हस्पिटल प्रालि बन्द गरिएको छ । त्यस्तै, कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टरलाई फोहोरमैला व्यवस्थापन गर्न निर्देशन दिइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।