नेभिगेशन
समाज

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पाँच करोड बजेट माग

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु पाँच करोड बजेट माग गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि आवागमन पूर्ण रुपमा बन्द छ । यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल पुनर्निर्माणका लागि पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग रु पाँच करोड बजेट माग भएको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीले जानकारी दिए ।

Marvel
Extreme Energy

“माटो परीक्षण गर्नुपर्ने भत्किएको पिल्लर वरपर अहिले पनि पानी बगिरहेकाले हामीले प्राविधिक खटाएर विस्तृत लागत प्रतिवेदन तयार पार्न  सकेका छैनौँ”, योजना प्रमुख बुढाथोकीले भने, “नदीमा पानीको सतह घटेपछि अरु प्राविधिक काम सम्पन्न गरेर ठेक्का प्रक्रियामा जान्छौँ ।”

पुलमा क्षति भएपछि त्यसको अध्ययन गर्न सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा दुई सदस्य प्राविधिक टोली कञ्चनपुर पुगेको थियो । टोलीले पुलमा रु सात करोड बराबरको क्षति भएको र पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन करिब रु २० करोड लाग्ने अनुमान गरेको थियो ।

यहाँ आएको प्राविधिक टोलीले पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको औँल्याएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल पर्यटकीय गन्तव्यका रुपमा पनि मुलुकमै परिचित पुलमा पर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि, औपचारिक उद्घाटन मंसिर १६ मा

दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि, औपचारिक उद्घाटन मंसिर १६ मा

दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन यही मङ्सिर १६ गते हुने भए पनि केही खेल भने आजदेखि नै सुरु हुन लागेका हुन् ।
बालेन शाहको भारत भ्रमण नेपालका अन्य प्रधानमन्त्रीभन्दा कति फरक छ?

बालेन शाहको भारत भ्रमण नेपालका अन्य प्रधानमन्त्रीभन्दा कति फरक छ?

नेपालका अन्य प्रधानमन्त्रीभन्दा बालेन शाहको भारत भ्रमण कति फरक छ? यो प्रश्नको जवाफ खोज्ने क्रममा अर्को प्रश्न उब्जिन्छ कि बालेन शाह अन्य प्रधानमन्त्रीको तुलनामा कति फरक छन्।
तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले फेरिएको छ ।
काठमाडौँमा धक्का महसुस गरिएको भूकम्पको केन्द्र कहाँ ?

काठमाडौँमा धक्का महसुस गरिएको भूकम्पको केन्द्र कहाँ ?

ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प गएको छ ।