नेभिगेशन
सबै कुरा

ट्रम्पको आदेशसँगै नेपालमा सञ्चालित थप सात कार्यक्रम रोकिएः अर्थ मन्त्रालय

काठमाडौं । नेपालमा अमेरिकी सहयोग नियोग (यूएसएआईडी) अन्तर्गत बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका थप सात वटा कार्यक्रम रोकिएको अर्थ मन्त्रालयले जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो निर्णयका कारण नेपालमा यूएसएआईडी मार्फत सञ्चालित यस्ता कार्यक्रमहरू रोकिएका हुन् । अर्थ मन्त्रालयले विज्ञप्ती जारी गर्दै भनेको छ,‘सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चार वटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ ।

Global Ime Bank

मन्त्रालयका अनुसार डजाइनको क्रममा रहेका जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन वटा कार्यक्रमहरू पनि उक्त आदेशबाट रोकिएका छन् ।

मन्त्रालयका अनुसार डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमहरूको लागि भने सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त भएको थिएन ।  अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट नेपालमा सन् १९५१ देखि निरन्तररुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रिय सभामा टेबुल भयो सङ्घीय निजामती सेवा विधेयक

राष्ट्रिय सभामा टेबुल भयो सङ्घीय निजामती सेवा विधेयक

प्रतिनिधिसभाबाट पास भएको सङ्घीय निजामती सेवा विधेयक, २०८० राष्ट्रिय सभामा पेश भएको छ । राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश...
राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित...
कुलिङ पिरियडबारे सामान्य प्रशासनमन्त्री भन्छन्, ‘रामहरीजीले पत्तै नदिई संसदमा प्रतिवेदन पेस गर्नुभयो’

कुलिङ पिरियडबारे सामान्य प्रशासनमन्त्री भन्छन्, ‘रामहरीजीले पत्तै नदिई संसदमा प्रतिवेदन पेस गर्नुभयो’

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको हेरफेरमाथि छानबिन गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।
रुपन्देहीको चुनाव जनता भर्सेस राणा शासन हो, इतिहास रच्नुपर्छः सागर ढकाल

रुपन्देहीको चुनाव जनता भर्सेस राणा शासन हो, इतिहास रच्नुपर्छः सागर ढकाल

सागर ढकालले रुपन्देही–३ को उपनिर्वाचनलाई ‘जनता भर्सेस राणा शासन’ को लडाइँको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत एक अपिल गर्दै उनले नेपाली राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याउने सङ्कल्पका साथ मैदानमा...