नेभिगेशन
सबै कुरा

इजरायलबाट फर्किएका नेपाली भन्छन् : ‘स्वदेश आइपुग्दा धेरै खुसी छौँ’

बेदकोट (कञ्चनपुर)  : द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको नेपाली नागरिकले बताएका छन् । इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको काठमाडौँको टोखा–८ की श्रीता गुरुङले बताइन् । उनी १४ वर्षदेखि इजरायलमा बसोबास गर्दै आएका थिइन् । “अहिलेको जस्तो तहसनहस हुने घटना कहिल्यै भएको थिएन । सानो सानो भइरहेको हुन्थ्यो”, उनले भनिन्, “घटनापछि डर लाग्यो । सुरक्षित महसुस गर्न सकिएन । त्यसैले स्वदेश फर्किएँ । यहाँ आएपछि निकै खुसी लागेको छ ।”

Ncell
Extreme Energy

इजरायलबाट उद्धार गरिएका गुरुङसहित सात जना पश्चिम सीमा नाका गड्डाचौकीबाट स्वदेश फिर्ता भएका छन् । सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ मध्ये सात जना आज बिहान गड्डाचौकी नाका भएर महेन्द्रनगर पुगेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । 

उनका अनुसार इजरायलबाट भारत हुँदै गड्डाचौकी पुगेका उनीहरुलाई गन्तव्यसम्म पुर्याउन यातायातको व्यवस्थापन गरिएको छ । “१८ जनामध्ये कोही विमानमार्फत घर गएका छन् । कोहीले भारतमै परिवारका सदस्यसँग भेटेका छन्”, प्रहरी उपरीक्षक थापाले भने, “सात जना गाडीमार्फत महेन्द्रनगर पुगेका छन् । उनीहरुलाई घरसम्म पुर्याउने तयारी गर्दैछौँ ।” भारत सरकारले आफ्ना नागरिकसँगै १८ नेपालीलाई पनि विमानमार्फत दिल्ली ल्याइदिएको उनले बताए । 

काठमाडौँका नागरिकलाई विमानमार्फत पठाउने तयारी भइरहेको थापाले जानकारी दिए । हमास समूहको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । इजरायल र प्यालेस्टाइनको युद्धपछि फसेका दुई सय ५४ नेपालीलाई पहिलो चरणमा सरकारले नेपाल वायुसेवा निगमको जहाजमार्फत ल्याइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

भोलिदेखि दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।
नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।
एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ ।