नेभिगेशन
सबै कुरा

इजरायलबाट फर्किएका नेपाली भन्छन् : ‘स्वदेश आइपुग्दा धेरै खुसी छौँ’

बेदकोट (कञ्चनपुर)  : द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको नेपाली नागरिकले बताएका छन् । इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् । 

स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको काठमाडौँको टोखा–८ की श्रीता गुरुङले बताइन् । उनी १४ वर्षदेखि इजरायलमा बसोबास गर्दै आएका थिइन् । “अहिलेको जस्तो तहसनहस हुने घटना कहिल्यै भएको थिएन । सानो सानो भइरहेको हुन्थ्यो”, उनले भनिन्, “घटनापछि डर लाग्यो । सुरक्षित महसुस गर्न सकिएन । त्यसैले स्वदेश फर्किएँ । यहाँ आएपछि निकै खुसी लागेको छ ।”

City Express

इजरायलबाट उद्धार गरिएका गुरुङसहित सात जना पश्चिम सीमा नाका गड्डाचौकीबाट स्वदेश फिर्ता भएका छन् । सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ मध्ये सात जना आज बिहान गड्डाचौकी नाका भएर महेन्द्रनगर पुगेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । 

उनका अनुसार इजरायलबाट भारत हुँदै गड्डाचौकी पुगेका उनीहरुलाई गन्तव्यसम्म पुर्याउन यातायातको व्यवस्थापन गरिएको छ । “१८ जनामध्ये कोही विमानमार्फत घर गएका छन् । कोहीले भारतमै परिवारका सदस्यसँग भेटेका छन्”, प्रहरी उपरीक्षक थापाले भने, “सात जना गाडीमार्फत महेन्द्रनगर पुगेका छन् । उनीहरुलाई घरसम्म पुर्याउने तयारी गर्दैछौँ ।” भारत सरकारले आफ्ना नागरिकसँगै १८ नेपालीलाई पनि विमानमार्फत दिल्ली ल्याइदिएको उनले बताए । 

काठमाडौँका नागरिकलाई विमानमार्फत पठाउने तयारी भइरहेको थापाले जानकारी दिए । हमास समूहको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । इजरायल र प्यालेस्टाइनको युद्धपछि फसेका दुई सय ५४ नेपालीलाई पहिलो चरणमा सरकारले नेपाल वायुसेवा निगमको जहाजमार्फत ल्याइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सजाइयो शक्ति पीठहरु(तस्बिरहरु)

सजाइयो शक्ति पीठहरु(तस्बिरहरु)

हिन्दुहरुको महान चाड बडा दशैंको आगमन सँगै शक्ति पीठहरु झिलिमिली बत्तीहरु सजाइएको छ । नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थान लगायत देवी मन्दिर सजाइएको हो ।
काठमाडौँ महानगरले दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्ने

काठमाडौँ महानगरले दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्ने

‘हामी विश्वास गर्छौं स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो । देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो ।यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको...
नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन मन्त्री घिसिङको निर्देशन

नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन मन्त्री घिसिङको निर्देशन

शनिबार सिंहदरबारमा बसेको यातायात व्यवस्था बिभाग, सुरक्षा निकाय, यातायात व्यवसायी लगाएत सरोकारवाला निकायसंगको बैठकमा दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुबाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्गमार्फत मात्र बाहिर जान...
सिंहदबारमा घाइते जेनजीहरुको आक्रोशः नक्कली जेनजी सरकार गठनमा हाबी भए (भिडियो)

सिंहदबारमा घाइते जेनजीहरुको आक्रोशः नक्कली जेनजी सरकार गठनमा हाबी भए (भिडियो)

आलो घाउमै अस्पतालको रिपोर्ट बोकेर सिंहदरबार पुगेका उनीहरुलाई सुरुमा छिर्न नदिइएपछि दक्षिण गेटमै धर्ना बसेका थिए । दिनभर बाहिर धर्ना दिएपछि गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय पुगेका उनीहरुले जेनजी...