नेभिगेशन
सबै कुरा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत

विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ जहाँ कार्कीले ८६ मत पाएका हुन् । 

Ncell
Extreme Energy

बुधबार बैठकमा उपस्थित ९१ सांसदमध्ये ८६ ले पक्षमा र  ५ जनाले विपक्षमा मत हालेकाे हुन् । 

आफ्नो पार्टीका ८ सहित एमालेका ३९ सांसदको समर्थनमा गत शनिबार मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीले नियुक्तिको ५ दिनमै प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । 

उनले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिएका हुन्। जहाँ मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रदेशसभामा उपसभामुखसहित एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको १ जना सांसद छन् । 

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।