नेभिगेशन
सबै कुरा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत

विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ जहाँ कार्कीले ८६ मत पाएका हुन् । 

City Express

बुधबार बैठकमा उपस्थित ९१ सांसदमध्ये ८६ ले पक्षमा र  ५ जनाले विपक्षमा मत हालेकाे हुन् । 

आफ्नो पार्टीका ८ सहित एमालेका ३९ सांसदको समर्थनमा गत शनिबार मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीले नियुक्तिको ५ दिनमै प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । 

उनले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिएका हुन्। जहाँ मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रदेशसभामा उपसभामुखसहित एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको १ जना सांसद छन् । 

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...