नेभिगेशन
मुख्य समाचार

गुण्डुमा ढलेका जेएनविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । नेकपा एमाले बागमती संसदीय दल नेता जेएन थपलियाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

एमाले सांसद केशवप्रसाद पोखरेलका अनुसार थपलियाविरूद्ध बुधबार संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको हो । २५ मध्ये १८ सांसदको हस्ताक्षर आएको उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यद्यपि कतिपयलाई छलफल मात्रै गर्ने भन्दै बोलाएर हस्ताक्षर गरेकाले त्यति नै संख्या कायम नहुने सम्भावना रहेको उनले बताए ।

Ncell
Extreme Energy

नेपाली कम्युनिस्ट पार्टीसँग तीन बुँदे सहमति भएर प्रदेश सरकार बाँडफाँड भएपछि एमालेले दल नेता फेर्ने कसरत थालेको थियो । पार्टी बागमती इन्चार्ज महेश बस्नेत आफै सक्रिय बनेका थिए ।

उनैले सांसदहरूको हस्ताक्षर गराएका थिए । उनको चाहना किरण थापामगरलाई दल नेता बनाउने छ ।

अध्यक्ष केपी शर्मा ओली आफैले थपलियालाई दल नेता छाड्न भनेका थिए । त्यही विवादका कारण थपलिया अध्यक्ष ओलीनिवास गुण्डुमा अचेत भएर ढलेका थिए । उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज भएको भोलिपल्टै उनीविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

बागमतीमा अहिले नेपाली कांग्रेसका दल नेता इन्द्र बानियाँ मुख्यमन्त्री छन् । कांग्रेसका ३६ सांसद छन् । दोस्रो ठूलो दल नेकपासँग २६ सांसद छन् । सरकार चलाउन आवश्यक बहुमत कसैसँग नभएकाले अब ठूलो दलको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

त्यहाँ १२ सांसद रहेको राप्रपा निर्णायक छ । तर उसले कसैलाई साथ नदिने बताएको छ ।

१०४ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५३ मत आवश्यक पर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विदेशमा रहेका नेपालीलाई मताधिकार कसरी ? आयोगले बनायो दुई कार्यदल

विदेशमा रहेका नेपालीलाई मताधिकार कसरी ? आयोगले बनायो दुई कार्यदल

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा कार्यदल बनाएको छ ।
स्थगित भयो रास्वपाको क्लोज क्याम्प

स्थगित भयो रास्वपाको क्लोज क्याम्प

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई दिन लागेको तीन दिने प्रशिक्षण स्थगित भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

‘हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौं । तर आवाजहरू उस्तै देखिन्छन्,’ उनले भने, ‘चार महिनाको अवधिमा देशमा उस्तै आवाज, अझ ठूलो आवाज– भएन, सकिएन भन्ने आवाज आउन...
यसपटक बिग्रियो भने भोलिका पुस्ताले हामीले जस्तो अवसर पाउने छैनन्– रवि लामिछाने

यसपटक बिग्रियो भने भोलिका पुस्ताले हामीले जस्तो अवसर पाउने छैनन्– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेको पुस्ताले पाएको राजनीतिक अवसरलाई सही ढंगले सदुपयोग गर्न नसके भविष्यका युवाले त्यस्तो अवसर नपाउने बताएका छन् ।