नेभिगेशन
सबै कुरा

कृषि मन्त्रीसँग सुर्ति किसानले भने ‘स्वाथ्यमन्त्रीको नीतिले १० हजार किसानलाई असर गर्छ’

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सुर्ती उद्योग मास्न लागेको भन्दै तराईका सुर्ति कृषकले कृषि मन्त्रीको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य मन्त्रालयले स्वदेशी सुर्ती उत्पादक किसानलाई विकल्प नै नदिई उत्पादक र खपत गर्ने उद्योग मास्ने उद्देश्यमा लागेको भन्दै कृषि मन्त्री रामनाथ अधिकारीलाई आइतबार ज्ञापन पत्र बुझाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र नवलपरासीका ८ हजार किसानले हस्ताक्षर गरेको  ज्ञापनपत्र मन्त्री अधिकारीलाई बुझाएको हो । हालै स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य वस्तुमा नयाँ नियम सहित निर्देशिका जारी गरेको थियो । 

Ncell
Extreme Energy

उक्त निर्देशिकाले स्वदेशमा उत्पादित सुर्ती खपत गर्ने स्वदेशी उद्योगहरूलाई मास्ने र विदेशबाट आयातित वस्तुको प्रबर्द्धन गर्न लागेको किसानहरूको गुनासो रहेको छ । 

दसकौँ देखि सुर्ती खेती गर्दै आएका किसानको जिविकोपार्जन नै खोस्ने नियतले स्वास्थ्य मन्त्रालयले निर्देशिका बनाएको उनीहरु भनाई छ । विश्व स्वास्थ्य सङ्गठनको एफसिटिसि सन्धि अनुसार किसानको वैकल्पिक आयको व्यवस्था नगरी उद्योगमा असर पर्ने काम गर्न नहुने प्रावधान विपरित निर्देशिका आएकाले सरकारले सच्याउन आग्रह गरेका थिए । निर्देशिकाले १० हजार किसान प्रत्यक्ष प्रभावित भएको उनीहरूको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। घुर्‍यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन्।
चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ । नयाँ...
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...