नेभिगेशन
सबै कुरा

पर्सामा विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय नजिकैको घाट सार्ने र पूजापाठ गर्ने निर्णय


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पर्सा । पर्सामा विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय नजिकको घाट सार्ने र पूजापाठ गर्ने निर्णय गरिएको छ । बुधबार विद्यालयका शिक्षक, अभिभावक र स्थानीय नेताहरूको बैठकले विद्यालयसँग टाँसिएको आर्यघाट अन्यत्र स्थानान्तरण गर्ने, मनोवैज्ञानिक परामर्श दिने र शान्ति स्थापनाका लागि पूजापाठ गर्ने निर्णय गरिएको हो ।

Ncell
Extreme Energy

कालिकामाई गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अचानक बेहोस हुन थालेपछि अभिभावकहरू चिन्तित बनेका थिए । सोमबार दर्जनौँ विद्यार्थीहरु बेहोश हुनथालेपछि गाउँपालिका प्रशासनले दुई दिनका लागि विद्यालय बन्द गरेको थियो ।

चिकित्सकहरूले यो घटनालाई ‘मास हेस्टेरिया’ भनेका छन्, जुन मानसिक प्रभावका कारण समूहमा देखिने एक प्रकारको सामूहिक मनोवैज्ञानिक अवस्था हो । तर, केही स्थानीयले भने भूतप्रेतको प्रभावका कारण यस्तो घटना भएको बताउने गरेका छन् ।

सोही कारण विद्यालय नजिकको घाट सार्ने र पुजापाठ गर्ने निर्णय गरिएको कालिकामाई गाऊँपालिकाका वडा नं.४ का अध्यक्ष संजय साहले बताए । उनका अनुसार विद्यालय प्रशासनले विद्यार्थीहरूलाई पुनः कक्षा सञ्चालन गर्नुअघि परामर्श दिने तयारी गरिरहेको जनाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...