नेभिगेशन
सबै कुरा

कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दलमा राप्रपाको दावी

२ कात्तिक, काठमाडौं । कोशी प्रदेशका सवै दलले सरकारलाई विश्वासको मत दिएर समर्थन गरे पछि कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विहिवार प्रमुख प्रतिपक्षी दलको नेताका लागि राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले कोशी प्रदेश सभामा निवेदन दिएका हुन् । बुधवार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्र्कीले विश्वासको मतको निर्वाचनमा राप्रपा बाहेक सबै दलले विश्वासको मत दिएकाले प्रतिपक्षमा मतदान गरेकै कारण आफुहरुले प्रमुख प्रतिपक्षीको भूमिका पाउनुपर्ने राप्रपाको माग रहेको छ । नेता सिटौलाले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा २ को ङ मा स्पष्ट रुपमा मन्त्रिपरिषद गठन गर्ने वा मन्त्रिपरिषद गठन गर्न र्समर्थन गर्ने दल बाहेकको बढी सदस्य भएको दलको नेतालाई प्रमुख प्रतिपक्षी दलको नेता बनाउने उल्लेख भएकाले आफुहरुले दाबी गरेको बताए । 

Extreme Energy

मुख्यमन्त्री केदार कार्कीले बुधवार लिएको विश्वासको मतमा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्र्टीी एक जना गरी ८६ मत परेको थियो भने विपक्षमा राप्रपाको ५ मत मात्रै परेको थियो । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ अनुसार प्रमुख प्रतिपक्षी दलका नेताले गाडी र सुरक्षा गार्डका साथै प्रमुख सचेतकले पनि गाडी  सुविधा पाउने व्यवस्था छ ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...