नेभिगेशन
सबै कुरा

दसैँको रौनकले छोएन मजदुरलाई, भन्छन् - पैसा छैन, घर गएर के गर्नु ?

४ कात्तिक, बागलुङ । गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभाष छैन । दसैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“यसपाली दसैँ यतै बित्ने भयो”, कास्की मादी गाउँपालिकाकी मिना दर्जीले भनिन्, “पैसा नभइ दसैँ कसरी मनाउनु ।” पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दसैँमा पनि विहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दसैँ कालीगण्डकी किनारमै बित्ने उनको भनाइ छ ।

Ncell
Extreme Energy

मिनालगायतका धेरै मुजदुर पनि यति बेला कालीगण्डकी किनारमा काम गर्नै व्यस्त छन् । गाउँ घरमा दसैँ छाए पनि उनीहरु भने काम कसरी सक्ने भन्नेमै हुन्छन । केही मजदुर भने कात्तिक छ गतेसम्म काम गरी दसैँ मनाउन घर जाने योजनामा पनि छन् । “यहाँ काम गर्ने धेरै साथीहरु दसैँका लाग घर गइसक्नु भयो, केही काममै व्यस्त छौँ । मेरा लागि यसपाली घर जाने वातावरण बनेन”, मिनाले भनिन् । 

पहिले बालुवा बिक्री राम्रो भए पनि अहिले भने खासै नभएको उनको भनाई छ । “पहिले त बालुवा बिक्री राम्रो थियो । दिनमा एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाइ पनि हुन्थ्यो तर अहिले त्यस्तो राम्रो कमाइ छैन”, उनले सुनाइन् ।  

काली किनारमै बालुवा चाल्ने बिमल सुनारले यसपाली आफूलाई दसैँले नछोएको बताए । “दसैँमा गाउँ जाने रहर थियो तर खर्च नै बढी हुने भएपछि घर गइन”, उनले भने, “बिरामी भएर अस्पताल बस्दा लागेको पाँच लाख ऋण तिरिसकेको छैन, ऋण नतिरी कसरी घर जानु ?”

मध्यपहाडी लोकमार्गको अक्षते खण्डमा मजदुरीमा व्यस्त रोल्पा छुनछहारीका पदम बुढा मगरसँग पनि दर्जी र सुनारको जस्तै पीडा छ । “दसैँमा भने जस्तो खर्चको जोहो भएन, तिहारसम्म केही बचत भए घर जाने विचारमा छु, यसपालीको दसैँ यतै मनाइने भइयो”, उनले भने। डेढ वर्ष भारतमा मजदुरी गरेपछि केही समय अघि मात्रै उनी यहाँ आइपुगेका हुन् ।  “भारतमा राम्रो कमाइ नभएपछि यहाँ आएको हुँ, यहाँ पनि भने जस्तो कमाइ छैन, आम्दानी नभइ घर कसरी जानु ?” उनले सुनाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

भोलिदेखि दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।
नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।
एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ ।