नेभिगेशन
सबै कुरा

दसैँको रौनकले छोएन मजदुरलाई, भन्छन् - पैसा छैन, घर गएर के गर्नु ?

४ कात्तिक, बागलुङ । गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभाष छैन । दसैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ ।

“यसपाली दसैँ यतै बित्ने भयो”, कास्की मादी गाउँपालिकाकी मिना दर्जीले भनिन्, “पैसा नभइ दसैँ कसरी मनाउनु ।” पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दसैँमा पनि विहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दसैँ कालीगण्डकी किनारमै बित्ने उनको भनाइ छ ।

City Express

मिनालगायतका धेरै मुजदुर पनि यति बेला कालीगण्डकी किनारमा काम गर्नै व्यस्त छन् । गाउँ घरमा दसैँ छाए पनि उनीहरु भने काम कसरी सक्ने भन्नेमै हुन्छन । केही मजदुर भने कात्तिक छ गतेसम्म काम गरी दसैँ मनाउन घर जाने योजनामा पनि छन् । “यहाँ काम गर्ने धेरै साथीहरु दसैँका लाग घर गइसक्नु भयो, केही काममै व्यस्त छौँ । मेरा लागि यसपाली घर जाने वातावरण बनेन”, मिनाले भनिन् । 

पहिले बालुवा बिक्री राम्रो भए पनि अहिले भने खासै नभएको उनको भनाई छ । “पहिले त बालुवा बिक्री राम्रो थियो । दिनमा एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाइ पनि हुन्थ्यो तर अहिले त्यस्तो राम्रो कमाइ छैन”, उनले सुनाइन् ।  

काली किनारमै बालुवा चाल्ने बिमल सुनारले यसपाली आफूलाई दसैँले नछोएको बताए । “दसैँमा गाउँ जाने रहर थियो तर खर्च नै बढी हुने भएपछि घर गइन”, उनले भने, “बिरामी भएर अस्पताल बस्दा लागेको पाँच लाख ऋण तिरिसकेको छैन, ऋण नतिरी कसरी घर जानु ?”

मध्यपहाडी लोकमार्गको अक्षते खण्डमा मजदुरीमा व्यस्त रोल्पा छुनछहारीका पदम बुढा मगरसँग पनि दर्जी र सुनारको जस्तै पीडा छ । “दसैँमा भने जस्तो खर्चको जोहो भएन, तिहारसम्म केही बचत भए घर जाने विचारमा छु, यसपालीको दसैँ यतै मनाइने भइयो”, उनले भने। डेढ वर्ष भारतमा मजदुरी गरेपछि केही समय अघि मात्रै उनी यहाँ आइपुगेका हुन् ।  “भारतमा राम्रो कमाइ नभएपछि यहाँ आएको हुँ, यहाँ पनि भने जस्तो कमाइ छैन, आम्दानी नभइ घर कसरी जानु ?” उनले सुनाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...
आन्दोलन नै देशको स्थिरता र विकासको बाधकः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

आन्दोलन नै देशको स्थिरता र विकासको बाधकः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

राष्ट्रिय एकताका लागि नागरिक पहलले आज ललितपुरमा आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरी–२०८२’ कार्यक्रममा उहाँले हरेक आन्दोलनबाट व्यवस्था परिवर्तन हुने भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसक्दा सधैँभरी असन्तुष्टि पैदा...

भर्खरै