नेभिगेशन
सबै कुरा

आज महानवमी, नवदुर्गा भगवतीको विशेष पूजा गरिदैँ

काठमाडौं । आज नवदुर्गा भगवतीको विशेष पूजा आरधानागरी महानवमी मनाइदै छ । 

आज दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

Dish Home
Global Ime Bank

पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुकुललाई निर्वाचन आयोगले दिएको पत्रमा के छ ? रास्वपाले के भन्छ ?

मुकुललाई निर्वाचन आयोगले दिएको पत्रमा के छ ? रास्वपाले के भन्छ ?

रास्वपाले डा.ढकाललाई दिएको पत्र बारे निर्वाचन आयोगले औपचारिक जवाफ दिनु पर्ने बताएको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार रास्वपाले २०८१  साउन १७ गतेनै पदाधिकारी हेरफेरको निवेदन आयोगमा...
भिजिट भिसा दुरुपयोग प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै रास्वपा उदयपुरको ज्ञापनपत्र

भिजिट भिसा दुरुपयोग प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै रास्वपा उदयपुरको ज्ञापनपत्र

मानव तस्करीमा संलग्न दोषीहरूमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने, पीडितहरूलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने, र यस विषयमा राजनीतिक तथा प्रशासनिक तहमा जवाफदेहिता आवश्यक रहेको जनाउँदै ज्ञापनपत्रमा गृहमन्त्रीको...
देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँः प्रधानमन्त्री

देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्कोसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताएका छन् ।