नेभिगेशन
सबै कुरा

मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी

म्याग्दी । मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर  तेइस करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५  च्याङग्रा निकासी भएको जानकारी दिए  । “जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,” उनले भने “कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा रु। तेइस करोड दुई लाख मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।”

Ncell
Extreme Energy

मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङग्रा निकासी भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गतअसोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङग्रा निकासी भएको थियो । 

प्रतिगोटा च्याङग्राको स्वास्थ्य परीक्षण गरेवापत पशुु चिकित्सकलाई रु। १५ शुल्क तिर्नुुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशुु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङग्रा खरीद गर्नका लागि ब्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका थिए । 

कृषकले प्रतिगोटा ४० हजारको हाराहारीमा च्याङग्रा बिक्री गरेको बताएका छन् । गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । 

पछिल्लो ४ वर्षयता चिनियाँ च्याङग्रा नआएको र मुुस्ताङमा च्याङग्रा कम भएकाले माग धान्न नसकेर मूूल्य बढेको छोसेरका कृषक आङगेल गुुरुङले बताए ।

तीन देखि चार वर्ष उमेरका च्याङग्रा मासुुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङग्राहरुले लेकाली जडिबुटिहरु खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरुको अनुुभव छ । दशैँ तिहारमा च्याङग्राको मासुुको खपत बढी हुुने गर्छ ।

 

मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङग्रा पालिएका छन् । पैसठ्ठी  ठूला च्याङग्रा फार्म छन्। लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५०  सम्म घरघरमा च्याङग्रा पालेका छन् । हिमचुुतुुवा, ब्वासो र जंगली कुुकुर च्याङग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ । 


तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको रु। २५ हजार थियो । कोरोना महामारीका कारण चिनिया कोरला नाकाबाट च्याङग्रा आयत नभएकाले मुुस्ताङको च्याङग्राको मूल्य बढेको ब्यापारी बाबुराम बानियाले बताउनुुभयो । बैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङग्रा आयात हुने गर्दथ्यो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

भोलिदेखि दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।
नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।
एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ ।