नेभिगेशन
समाज

यस वर्ष को बन्लान् महामूर्ख ?

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न सांसद तथा समाजिक अभियन्ताहरूको नाम चर्चामा छन् ।

धनुषा । कसैलाई मूर्ख, महामूर्खभन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर मिथिलामा आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ । जनकपुरमा महामूर्ख बन्न सबै ललायित हुने गर्छन् । हो, प्राचीन मिथिला र मधेश प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामूर्ख साबित गर्न प्रत्येक वर्ष उच्चपदस्थ व्यक्तित्वहरूले पैरवी तथा सिफारिस आयोजकसमक्ष गर्ने गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् ९मिनाप० जनकपुरधामले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आयोजना गरिने महामूर्ख सम्मेलनका लागि महामूर्खहरूको लिस्ट तयार भइसकेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताए ।

Ncell
Extreme Energy

होलीका अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ । मिथिला क्षेत्रको सांस्कृतिक अभियानमा अग्रणी भूमिका खेलेको दाबी गर्ने मिथिला नाट्य कला परिषद् ९मिनाप० यसका आयोजक हुन् । मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न १५ प्रकारका व्यङ्गात्मक पदवीबाट समाजिक सम्मान गर्ने चलन छ । जुन मिथिला क्षेत्रमा चर्चित छ ।

मिथिला नाट्य कला परिषद्को भनाइलाई यदि सत्य मान्ने हो भन्ने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई वर्षैपिच्छे छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ । आपसी भाइचाराका रूपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दूसँगै मुस्लिम युवाहरूले पनि सँगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन् ।

मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन सुरू गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २९–३० वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।

फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनाप महासचिव मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न फागुन २९ गते ९बिहीबार० र आज चैत १ गते दुई दिवसीय होली महोत्सव आयोजना गरिएको बताए । पहिलो दिन होरी अर्थात् फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका आधा दर्जन ग्रामीण समूह सहभागी भएको मिनापका महासचिव मल्लिकले बताए ।

महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । जसअन्तर्गत महत्त्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । जसअन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन छ ।

यस्तो छ सम्मेलनको इतिहास

महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यसले निकै उचाइ पाएको छ । तर यसको प्रारम्भ वीरगन्जबाट भएको हो । मैथिली साहित्य परिषद् वीरगन्जले २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलोपटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए ।

यो सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषद्का पूर्वमहासचिव एवं चर्चित पत्रकार चन्द्रकिशोर झा बताउँछन्, ुनेपालमा २०४६ सालमा बहुदल आएको थियो । राजनीतिक रूपमा परिवर्तनको समय थियो । यो परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो ‘कन्सेप्ट’ आएको थियो ।ु समाजमा रहेको विकृति विसङ्गतिलाई समाप्त गर्न व्यङ्ग्यले ठूलो भूमिका खेल्ने गर्छ झाले बताए । वीरगन्जमा अब होरी मिलन समारोह महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ । महामूर्ख सम्मेलन प्रकृतिको कार्यक्रम भारतमा पनि पहिलेदेखि नै हुँदै आएको छ ।

विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा ९एमाले० का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा। राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा। विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिङ्घानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

२०७३ मा सप्तरीको मलेठमा नेकपा ९एमाले०ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगन गरेको थियो । २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो । २०७६ मा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ मा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं २०७८ मा अर्थविद् डा। भोगेन्द्र झा, २०७९ मा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलाई प्रदान गरिएको थियो भने २०८० को महामूर्खको उपाधि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको थियो ।

यस वर्ष को बन्लान् महामूर्ख ?

मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष महामूर्खसहित १५ जनालाई १५ वटा पदवी प्रदान गर्दै आइरहेको छ । त्यसमध्ये सबभन्दा बढी चासोका साथ महामूर्खको उपाधिलाई हेरिन्छ । सोहीअनुरूप यस वर्ष पनि यस पदवीका लागि विभिन्न आकाङ्क्षीको नाम चर्चामा छ ।

मिनापका महासचिव शैलेन्द्र मल्लिकले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न सांसद तथा समाजिक अभियन्ताहरूको नाम चर्चामा रहेको बताए । उनले भने, ुछनोट समितिले लगभग सबै तयारी गरिसकेको छ, अब आज हुने महामूर्ख सम्मेलनमा नै नाम घोषणा गरिन्छ, अहिले यसलाई रहस्यमै राख्नु उचित हुन्छ ।ु

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिजारी गर्दै उक्त आममाफीको सदाशयपूर्ण कदमलाई नेपाल र युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ ।
ऋण असुलीबाट शिव शिखर सहकारीका थप २४८ जना पिडितले फिर्ता पाए बचत

ऋण असुलीबाट शिव शिखर सहकारीका थप २४८ जना पिडितले फिर्ता पाए बचत

समितिका अनुसार शिव शिखर सहकारीका २४८ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म  शिव शिखर सहकारीका १११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।
प्रतिनिधि सभामा अर्थसहित चार मन्त्रीले प्रस्ताव प्रस्तुत गर्दै

प्रतिनिधि सभामा अर्थसहित चार मन्त्रीले प्रस्ताव प्रस्तुत गर्दै

प्रतिनिधि सभाको बैठक आज विहान ११ बजे बस्दैछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चारजना मन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
दुर्घटनामा ज्यान गुमाएकी यमुनाको शव चार दिनदेखि अलपत्र, पोस्टमार्टम पनि भएन

दुर्घटनामा ज्यान गुमाएकी यमुनाको शव चार दिनदेखि अलपत्र, पोस्टमार्टम पनि भएन

शनिबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा मृतककी जेठानी सरिता विकले दुर्घटनाको तीन दिन बित्दासमेत पीडित परिवारले न्याय नपाएको बताइन्। उनका अनुसार दुर्घटनापछि परिवार आर्थिक तथा मानसिक रूपमा गम्भीर संकटमा...

भर्खरै