नेभिगेशन
मुख्य समाचार
यूएसइआईडी

नेपालमा यूएसइआईडीको ४६ अर्ब बढीका ३४ कार्यक्रम औपचारिकरुपमै बन्दः अमेरिकि विदेश मन्त्रालय 

काठमाडौँ । अमेरिकाले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का ८३ प्रतिशत कार्यक्रम औपचारिक रूपमै बन्द गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्स मार्फत अमेरिकी स्वार्थ नमिल्ने पाँच हजार २ सय सम्झौता रद्द गरिएको जानकारी दिएका छन् । 

उनका अनुसार १८ प्रतिशत अर्थात जम्मा १ हजार कार्यक्रम भने अमेरिकी विदेश मन्त्रालय मार्फत सञ्चालन गर्ने  उल्लेख गरेका छन् ।  उनले यूएसएआईडीले अर्बौं डलर अमेरिकी स्वार्थ अनुकूल नहुने ठाउँमा र कतिपय प्रतिकूल हुने ठाउँमा खर्च गरेको समेत दाबी गर्दै सम्झौता रद्दसँगै अर्बौ डलर जोगिएको उनको दाबी छ । 

City Express

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हाले लगत्तै यूएसएआईडीको सहायता रोक्का गर्दै हजारौं कर्मचारीलाई बिदामा बस्न निर्देशन दिइएको थियो। ९० दिनभित्र यसबारे समिक्षा गरेपछि मात्रै निर्णय गर्ने भनिएपनि ६० दिनमै समिक्षा गरि यस्तो निर्णय गरिएको हो । 

नेपालका कति कार्यक्रम रोकिन्छन् ?

अमेरिकाको वाशिङ्टन डीसीस्थित समाचार संस्था पन्चबाउल न्यूजले यूएसएआईडीका खारेज भएका संसारभरिका कार्यक्रमको सूची सार्वजनिक गरेको छ। अमेरिकाको वाशिङ्टन डीसीस्थित समाचार संस्था पन्चबाउल न्यूजका अनुसार नेपालमा  कम्तिमा ३४ वटा कार्यक्रम रद्द भएका छन् ।  पन्चबाउलले सार्वजनिक गरेकाे सूचीका आधारमा नेपालमा पनि यूएसएआईडी मार्फत ३२ करोड ९४ लाख डलर अर्थात करीब ४६ अर्ब १२ करोडका सम्झौता भइसकेका कम्तीमा ३४ कार्यक्रम रद्द गरिएका छन्। 

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत नेपालमा २०२२ देखि २०२७ सम्मका लागि नेपालमा ६५ करोड ९० लाख अमेरिकी डलर अर्थात करीब ९० अर्ब रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गरेको जनाएको थियो । यस मध्ये नेपाल सरकार बजेट प्रणाली मार्फत ४० प्रतिशत र अन्य गैरसरकारी संयन्त्र मार्फत ६० प्रतिशत बजेट खर्च गर्दै हुँदै आएको थियो ।  अमेरिकी विदेश मन्त्रालयको घोषणासँगै नेपालमा सञ्चालतिल अधिकांस योजना बन्द हुने एक अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।

यूएसएआईडीलले नेपालमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको क्षेत्रमा सन् २००० देखि यता २ खर्ब ७ अर्ब बढी खर्च गरेको दाबी गर्दै आएको छ । 

अमेरिकाको वाशिङ्टन डीसीस्थित समाचार संस्था पन्चबाउल न्यूजले यूएसएआईडीका खारेज भएका संसारभरिका कार्यक्रमको सूची सार्वजनिक गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छभने युएई एक...
जेनजी आन्दोलन जाँचबुझ आयोगमा नख्खुका जेलरको बयान: 'रविका कारण जेल बच्यो, उहाँलाई धन्यवाद !'

जेनजी आन्दोलन जाँचबुझ आयोगमा नख्खुका जेलरको बयान: 'रविका कारण जेल बच्यो, उहाँलाई धन्यवाद !'

'जेलमा बाहिरबाट ठुलो आक्रमण र जोखिम थियो । त्यो भिडमा हजारौं मान्छे थिए । को को थिए मैले चिन्ने कुरा भएन ।' जेलर जोशीको भनाई उदृत गर्दै स्रोत...
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।