नेभिगेशन
सबै कुरा

बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध

बाँके  । बाँकेमा आज ्मदिरा विक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादसैँको भोलिपल्ट बुधबारका दिन निस्कने दुर्गा मूर्ति विसर्जन ‍र्यालीलाई सभ्य, शान्त, अनुशासित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै मदिरा बिक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको  सूचनामा बुधबार बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा उपभोग निषेध गरिएको उल्लेख छ । 

Extreme Energy

सूचनाको बर्खिलाप हुने गरी कुनै गतिविधि भएमा कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ । प्रशासन कार्यालयले दुर्गा मूर्ति विसर्जनका लागि समय सीमा समेत निर्धारण गरेको छ । 

दुर्गा भवानीको मूर्ति विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सम्पन्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँकेमा बडादसैँको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड र नदी तथा घाटमा विसर्जन गर्ने परम्परा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...