नेभिगेशन
समाज

युकेमा नेपाली दलालहरुबाटै ठगिन्छन् नेपाली विद्यार्थी, कामको आश्वासनमा ३० लाखसम्म ठगी 

काठमाडाैँ । अध्ययनका लागि चर्को शुल्क तिरेर युके पुगेका नेपाली विद्यार्थीहरू नेपालीहरूबाटै ठगिने क्रम बढेको छ । 
महङ्गाे कलेज शुल्क, कम काम र न्यून ज्यालाका कारण विद्यार्थी भिसामा युके पुगेका अधिकांश नेपाली विद्यार्थीहरूले आफ्नो भिसा वर्किङमा परिवर्तन गर्न चाहान्छन् । विद्यार्थीको यही समस्यालाई मौका बनाएर युकेका विभिन्न शहरहरूमा स्थापित भइसकेका केही नेपालीले भने धन्दानै चलाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालबाट गएका विद्यार्थीहरूलाई वर्किङ भिसाका लागि स्पोन्सर गरिदिने, भिसा परिवर्तन गराएर कामको समेत ग्यारेण्टी गर्ने भन्दै नेपालीसँग २५ देखि ३० लाखसम्म उठाउने गरेको विद्यार्थीहरूले गुनासो गरेका छन् । 
नेपाली विद्यार्थी ठग्ने धन्दा बनाएका नेपालीहरूले विद्यार्थीहरूलाई पैसा भने नेपालमै नगद दिनुपर्ने शर्त राख्ने गरेका छन्  । उनीहरूले नेपालबाट समेत विद्यार्थी भिसामा बोलाएर वर्किङ भिसामा परिवर्तन गराइदिने भन्दै नेपाली विद्यार्थीहरू बोलाउने गरेका छन् । 

Ncell
Extreme Energy

Message-1742377613.jpg

बेलायतबाट सिधाकुराको सम्पर्कमा आएका १५ जना विद्यार्थीहरूले आफूहरू वर्किङ भिसाका लागि स्पोन्सर दिलाइदिने नाममा एउटै समूहबाट ठगिएको गुनासो गरेका छन् । उनीहरूलाई  युकेमै अक्सफोर्ड कन्सल्टेन्सी एनपी लिमिटेड खोली त्यही कम्पनीले स्पोन्सर गरेर भिसा परिवर्तन गराउने भन्दै ठगी गरिएको पाइएकाे छ‍ ।

यसका सञ्चालक मकर गुरुङ र रामनाथ महर्जनले नेपालबाट विद्यार्थीलाई २५ लाख देखि ३० लाख सम्म लिएर युके पुर्याउने र त्यहाँ विद्यार्थी भिसाबाट वर्किङ भिसामा परिवर्तन गराई काम समेत लगाउने भन्दै थप १३ हजार पाउण्ड देखि १६ हजार पाउण्ड (नेपाली करिब ३० लाख) सम्म थप गर्न लगाउने गरेको उनीहरूको गुनासाे छ । उनीहरु पछिल्लो पटक १४ जना विद्यार्थीसँग ३ करोड बढी रकम उठाएर विद्यार्थीबाट सम्पर्कविहिन भएका छन् । 

Gurung-Maharjan-1742377152.jpg

उनीहरूले  यसअघि युकेमा नै आफूहरूको कम्फर्ट केयर रिक्रुटमेन्ट एण्ड ट्रेनिङ लिमिटेडले वर्किङ भिसाका लागि स्पोन्सर गर्ने भन्दै पैसा उठाउने गरेका थिए । तर त्यहाँ पुगेपछि भने सम्पर्कविहिन भएका छन् ।
उनीहरू थप पैसा तिरेर अन्य कम्पनीहरूमा स्पोन्सर लिई भिसा परिवर्तन गर्न बाध्य भएका छन् । 

कम्पनी सञ्चालक मकर गुरुङ युकेकै नागरिक भैसकेका छन् तर उनले नेपालमा गोरखाको छोप्राक स्थायी ठेगाना भई काठमाडौँ बुढानीलकण्ठ बस्ने  आफ्नी आमा मनमाया गुरुङ र दाइ श्रीप्रसाद गुरुङको खातामा पैसा हाल्न लगाउने गरेका थिए । 

मकर गुरुङले नै युकेमा मासिक ३ लाख २० हजार बढी कमाइ काममा बोलाउने भन्दै अस्मिता थापालाई २७ लाख ठगी गरेको भन्दै मंसिर १९ मा वैदेशिक रोजगारीमा समेत उजुरी परेको छ । अस्मिताका श्रीमान अरुण कार्कीका अनुसार उनले नेपालमा मकर गुरुङ र दाइ श्री प्रसाद गूरुङको खातामा रकम जम्मा गरेको सबै प्रमाण विभागमा बुझाएका छन् । उनका भाईले विभागमा उजुरी दिएका हुन् ।

Muddha-Darta-1742377516.jpg

तर अहिलेसम्म पनि विभागले कुनै प्रक्रिया अघि बढाएको छैन । नेपालमा उनीहरूको खातामा पैसा जम्मा भएपछि युकेमा कम्फर्ट केयर रिक्रुटमेन्ट एण्ड ट्रेनिङ लिमिटेडका नाममा स्पोन्सर लेटरका लागि जब अफर लेटर समेत दिएका थिए । तर उक्त कम्पनीनै अवैध भएको खुलेको छ । 

Re-offer-letter-1742377534.jpg

अहिले भने कम्पनीका मकर गुरुङ र रामनाथ महर्जनले उल्टै पिडितहरुलाई धम्काउन थालेका छन् । एजेन्ट रामनाथले आफूलाई नेपालमा केही गर्न नसक्ने र नेपालमा कानुन प्रक्रिया गरे बेलायतमा अस्मिताका पति अरुणहरुलाई जे पनि गर्न सक्ने भन्दै धम्की दिएका छन् । 
यस विषयमा हामीले मकर गुरुङ र रामनाथ महर्जन दुबैलाई सम्पर्कको प्रयास गरेका थियौँ । दुबैसँग सम्पर्क हुन सकेन् ।
मकर र रामनाथले नेपालबाट लिला गुरुङ,अस्मिता थापा, साधना खेवाह्याङ, स्वेता, सरिता भाट लगायतलाई नेपालबाट बेलायत लैजानका लागि मात्रै २५ देखि ३० लाख रुपैयाँसम्म लिएका छन् । 

यस्तै बेलायतकै विभिन्न शहरमा रहेका सैन लामा, सेजल श्रेष्ठ, ओम, लिजा गुरुङ, विशाल केसी, अरविन गुरुङ, निमा तामाङ, खामिन पुन र सुरुचि लामासँग भने भिसा परिवर्तन गराई काम समेत दिने ग्यारेण्टी भन्दै १३ हजार पाउण्ड देखि १६ हजार पाउण्ड नेपाली करिब ३० लाखसम्म उठाएका छन् । 

तर न उनिहरुले काम पाए, न उनीहरूले पैसा नै फिर्ता पाए बरु अहिले पैसा फिर्ता माग्दा धम्की खेपिरहेका छन् ।  मकर र रामनाथले ठगी गरेका बिद्यार्थीहरुले अहिले आफै काम खोजेर काममा लागेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

लक्ष्मण गिरी सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...