नेभिगेशन
समाज
सुनको मूल्य

सुनको मूल्य हालसम्मकै उच्च, मंगलबार प्रतितोला १ लाख ७५ हजार २ सयमा कारोबार 

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७५ हजार २०० रुपैयाँ कायम छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँ किनबेच भएको थियो ।

Ncell
Extreme Energy

नेपाली बजारमा यसअघि छापावाल सुनको उच्च मूल्य एक लाख ७४ हजार ५०० रुपैयाँ पुगेको थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। घुर्‍यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन्।
चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ । नयाँ...
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...

भर्खरै