नेभिगेशन
सबै कुरा

कोठा लिएर बसेको मानव सेवा आश्रमका लागि भवन

गलकोट । पाँच जनाको पहलमा २०७३ चैत २१ गते आठौँं शाखाको रूपमा स्थापना भएको मानव सेवा आश्रम बागलुङ शाखाको अहिले आफ्नै भवन निर्माणको अन्तिम चरणमा छ ।  युनिटीलाईफको अलपत्र जग्गा सदुपयोग गरेर बागलुङ नगरपालिका–३ स्थित किनाराटोलमा सञ्चालित सो आश्रम आफ्नै भवनमा सर्ने तयारीमा छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साँघुरो कोठाबाट सुरु गरिएको मानवता अभियान अहिले सुविधा सम्पन्न भवनबाट प्रदान गर्ने उद्देश्यले २०७७ सालदेखि वडा नं ४स्थित निरयघाटमा तीनवटा  ब्लकको भवन निर्माण भइरहेकोे छ । अहिले भवन निर्माणको काम ६० प्रतिशतभन्दा बढी पुगेको छ । नगरपालिकाको पहलमा  पाँच रोपनी जग्गामा बनिरहेको आश्रमका लागि गण्डकी प्रदेश, स्थानीय तह र मानवता अभियानकर्मीले आर्थिक सहयोग गरिरहेका छन् । 

Ncell
Extreme Energy

भवन निर्माणसहित डिपिआर अनुसारको संरचना तयार गर्न रु। १२ करोड खर्च लाग्ने अनुमान गरिए पनि अहिले मुख्य तीनवटा ब्लक भने अन्तिम अवस्थामा पुगेका छन् । तीन वर्षमा भवन निर्माण गर्न हालसम्म तीन करोड २५ लाख खर्च भइसकेको आश्रमका अभिभावक तथा भवन निर्माण समितिका अध्यक्ष शिव खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार गण्डकी प्रदेश सरकारले रु एक करोड ५० लाखका साथै सामाजिक विकास कार्यालयबाट रु ५० लाख, रघुगङ्गा गाउँपालिकाबाट रु पाँच लाख,  गलकोट नगरपालिकाबाट रु चार लाख, ताराखोला गाउँपालिकाबाट रु दस लाख, बागलुङ नगरपालिकाबाट रु सात लाख, बरेङ गाउँपालिकाबाट रु छ लाख, बडिगाड गाउँपालिकाबाट रु दस लाख, बेनी नगरपालिकाबाट रु चार लाख र कालिका मन्दिरबाट रु दस लाख गरी रु। एक करोड छ लाख व्यहोरिएको थियोे ।

 “सुविधा सम्पन्न भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारसहित स्थानीय पालिकाको सहयोग छ” उहाँले भन्नुभयो “अझै तीन करोड खर्च भएमा मात्रै आश्रमले सेवा दिन सक्नेगरी भवन तयार हुन्छ ।”

आश्रमले अहिले बागलुङ नगरपालिका–३ स्थित किनाराटोलबाट अस्थायीरुपमा सेवा दिइरहेको छ । आश्रममा अहिले ५५ बेसहारा सडक मानवलाई आश्रय दिइरहेको शाखाका संयोजक विपना तामाङले बताउनुभयो । 

भवनको ‘ए’ ‘बी’ र ‘सि’ ब्लक भवनको तीन तला ढलान भएर अहिले ईंटाको पर्खाल लगाउने कार्य भइरहेको छ । आश्रममा हाल व्यक्तिगतरूपमा समेत रु छ लाख ४८ हजार ४८६ सङकलन भएको छ ।आश्रममा धौलागिरिमा सडक तथा पेटीमा भेटिएका बेसाहाराहरुलाई उद्धार गरी उपचार गरेर राखेको सो आश्रमले  स्थापना कालदेखि १५२ जनाको उद्दार, २८ जनाको पुनर्मिलन गराइसकेको छ । आश्रम सञ्चालनका लागि संयोजक, स्वास्थ्यकर्मी सहित पाँच कर्मचारी छन् । 

आश्रम साँघुरो हुँदा केही सहयोगापेक्षीहरुलाई अन्य शाखामा समेत स्थानान्तरण गरिरहेको बताउदै संयोजक तामाङले आफ्नै भवन निर्माण भएमा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङलाईसमेत सडक मानवमुक्त बनाइने जानकारी दिनुभयो । 

स्वास्थ्य सेवाका लागि समेत छुट्टै कक्षको स्थापना गरिएको  सो आश्रममा एक आश्रितका लागि मासिक रु। १५ हजार खर्च लागेपनि हालसम्म  मुठ्ठीदानबाटै सेवा सञ्चालन हुँदै आइरहेको छ । आश्रमका लागि  जन्मोत्सव, पितृकार्य र अन्य शुभकार्यमा सङ्कलित रकमले पनि टेवा दिँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि जग्गा धितो-बन्धकी तथा रोक्का-फुकुवा बैंकबाटै

आजदेखि जग्गा धितो-बन्धकी तथा रोक्का-फुकुवा बैंकबाटै

मन्त्रालयका अनुसार भूमि प्रशासन निर्देशिका, २०८१ को दफा ३९२ को उपदफा (४)बमोजिम बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी कार्यलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण...
९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित बिभिन्न कन्सल्टेन्सीमा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ ओटा कन्सल्टेन्सीमा छापा मारेको हो ।
साढे ७ खर्ब पुग्यो बेरुजु, १ वर्षमै थपियो ८८ अर्ब ९ करोड

साढे ७ खर्ब पुग्यो बेरुजु, १ वर्षमै थपियो ८८ अर्ब ९ करोड

महालेखारपीक्षकको कार्यालयले आव २०८१/८२ मा सङ्घीय, प्रदेश , स्थानीय तह, सङ्गठित संस्था र सङ्घीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समितिको रु ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको...
सर्वोच्चको आदेशमा छुटे पाण्डे

सर्वोच्चको आदेशमा छुटे पाण्डे

आजै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्न आदेश दिएको थियो।