नेभिगेशन
सबै कुरा

कोठा लिएर बसेको मानव सेवा आश्रमका लागि भवन

गलकोट । पाँच जनाको पहलमा २०७३ चैत २१ गते आठौँं शाखाको रूपमा स्थापना भएको मानव सेवा आश्रम बागलुङ शाखाको अहिले आफ्नै भवन निर्माणको अन्तिम चरणमा छ ।  युनिटीलाईफको अलपत्र जग्गा सदुपयोग गरेर बागलुङ नगरपालिका–३ स्थित किनाराटोलमा सञ्चालित सो आश्रम आफ्नै भवनमा सर्ने तयारीमा छ । 

साँघुरो कोठाबाट सुरु गरिएको मानवता अभियान अहिले सुविधा सम्पन्न भवनबाट प्रदान गर्ने उद्देश्यले २०७७ सालदेखि वडा नं ४स्थित निरयघाटमा तीनवटा  ब्लकको भवन निर्माण भइरहेकोे छ । अहिले भवन निर्माणको काम ६० प्रतिशतभन्दा बढी पुगेको छ । नगरपालिकाको पहलमा  पाँच रोपनी जग्गामा बनिरहेको आश्रमका लागि गण्डकी प्रदेश, स्थानीय तह र मानवता अभियानकर्मीले आर्थिक सहयोग गरिरहेका छन् । 

City Express

भवन निर्माणसहित डिपिआर अनुसारको संरचना तयार गर्न रु। १२ करोड खर्च लाग्ने अनुमान गरिए पनि अहिले मुख्य तीनवटा ब्लक भने अन्तिम अवस्थामा पुगेका छन् । तीन वर्षमा भवन निर्माण गर्न हालसम्म तीन करोड २५ लाख खर्च भइसकेको आश्रमका अभिभावक तथा भवन निर्माण समितिका अध्यक्ष शिव खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार गण्डकी प्रदेश सरकारले रु एक करोड ५० लाखका साथै सामाजिक विकास कार्यालयबाट रु ५० लाख, रघुगङ्गा गाउँपालिकाबाट रु पाँच लाख,  गलकोट नगरपालिकाबाट रु चार लाख, ताराखोला गाउँपालिकाबाट रु दस लाख, बागलुङ नगरपालिकाबाट रु सात लाख, बरेङ गाउँपालिकाबाट रु छ लाख, बडिगाड गाउँपालिकाबाट रु दस लाख, बेनी नगरपालिकाबाट रु चार लाख र कालिका मन्दिरबाट रु दस लाख गरी रु। एक करोड छ लाख व्यहोरिएको थियोे ।

 “सुविधा सम्पन्न भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारसहित स्थानीय पालिकाको सहयोग छ” उहाँले भन्नुभयो “अझै तीन करोड खर्च भएमा मात्रै आश्रमले सेवा दिन सक्नेगरी भवन तयार हुन्छ ।”

आश्रमले अहिले बागलुङ नगरपालिका–३ स्थित किनाराटोलबाट अस्थायीरुपमा सेवा दिइरहेको छ । आश्रममा अहिले ५५ बेसहारा सडक मानवलाई आश्रय दिइरहेको शाखाका संयोजक विपना तामाङले बताउनुभयो । 

भवनको ‘ए’ ‘बी’ र ‘सि’ ब्लक भवनको तीन तला ढलान भएर अहिले ईंटाको पर्खाल लगाउने कार्य भइरहेको छ । आश्रममा हाल व्यक्तिगतरूपमा समेत रु छ लाख ४८ हजार ४८६ सङकलन भएको छ ।आश्रममा धौलागिरिमा सडक तथा पेटीमा भेटिएका बेसाहाराहरुलाई उद्धार गरी उपचार गरेर राखेको सो आश्रमले  स्थापना कालदेखि १५२ जनाको उद्दार, २८ जनाको पुनर्मिलन गराइसकेको छ । आश्रम सञ्चालनका लागि संयोजक, स्वास्थ्यकर्मी सहित पाँच कर्मचारी छन् । 

आश्रम साँघुरो हुँदा केही सहयोगापेक्षीहरुलाई अन्य शाखामा समेत स्थानान्तरण गरिरहेको बताउदै संयोजक तामाङले आफ्नै भवन निर्माण भएमा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङलाईसमेत सडक मानवमुक्त बनाइने जानकारी दिनुभयो । 

स्वास्थ्य सेवाका लागि समेत छुट्टै कक्षको स्थापना गरिएको  सो आश्रममा एक आश्रितका लागि मासिक रु। १५ हजार खर्च लागेपनि हालसम्म  मुठ्ठीदानबाटै सेवा सञ्चालन हुँदै आइरहेको छ । आश्रमका लागि  जन्मोत्सव, पितृकार्य र अन्य शुभकार्यमा सङ्कलित रकमले पनि टेवा दिँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...