नेभिगेशन
समाज

'ट्रकमा भेटिएको २५ करोड प्रकरणमा उपल्लो कनेक्सनको आशंका छ, विशेष छानबिन समितिबाट छानबिन गरौँ': माओवादी सांसद माधव सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौँमा ट्रकबाट २५ करोड बरामद भएको घटनाको  विशेष छानबिन गर्न माग गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको आजको  बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले यति ठूलो तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव नहुने भएकाले विशेष छानबिन समिति बनाई निष्पक्ष छानबिन गर्न माग गरेका हुन् । 

Marvel

संसदमा उनले भने , ‘हामी प्रतिपक्षले यो सरकार सुशासनप्रति इमानदार छैन। यो सरकारप्रति आशंका छ भनेर चिन्ता व्यक्त गरिरहेकै थियौँ र छौँ। संगठिन अपराधको जालो कुन रूपमा संगठित भएर झांगिरहेको छ भन्ने कुराको चित्र आएको छ। यो घटनामा प्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ। यति ठूलो तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव छैन।’
सापकोटले अहिलेसम्म भरिया र ड्राइभर मात्रै पक्राउ गरेर ठूलो काण्ड डिसमिस पार्ने गरिएको भन्दै राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतमा भएकाले विशेष छानबिन समिति निर्माण  गर्नुपर्ने माग गरेका हुन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।