नेभिगेशन
समाज

'ट्रकमा भेटिएको २५ करोड प्रकरणमा उपल्लो कनेक्सनको आशंका छ, विशेष छानबिन समितिबाट छानबिन गरौँ': माओवादी सांसद माधव सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौँमा ट्रकबाट २५ करोड बरामद भएको घटनाको  विशेष छानबिन गर्न माग गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको आजको  बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले यति ठूलो तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव नहुने भएकाले विशेष छानबिन समिति बनाई निष्पक्ष छानबिन गर्न माग गरेका हुन् । 

Ncell
Extreme Energy

संसदमा उनले भने , ‘हामी प्रतिपक्षले यो सरकार सुशासनप्रति इमानदार छैन। यो सरकारप्रति आशंका छ भनेर चिन्ता व्यक्त गरिरहेकै थियौँ र छौँ। संगठिन अपराधको जालो कुन रूपमा संगठित भएर झांगिरहेको छ भन्ने कुराको चित्र आएको छ। यो घटनामा प्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ। यति ठूलो तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव छैन।’
सापकोटले अहिलेसम्म भरिया र ड्राइभर मात्रै पक्राउ गरेर ठूलो काण्ड डिसमिस पार्ने गरिएको भन्दै राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतमा भएकाले विशेष छानबिन समिति निर्माण  गर्नुपर्ने माग गरेका हुन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
सभामुखलाई भेटेर के भने आङ्देम्बेले ?

सभामुखलाई भेटेर के भने आङ्देम्बेले ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्याललाई भेटेर बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय संसदीय समिति गठनबारे ध्यानाकर्षण गराएका...
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...