नेभिगेशन
सबै कुरा

रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 एकै स्थानबाट भन्सार बैंक तथा अध्यागमन समेतको सेवा दिन छ वर्ष अघि निर्माण सुरू भएको एकीकृत भन्सारको सो भवनमा ढलान गरिएको र पलाष्टरलगायत काम अगाडि बढी रहेको छ ।

Ncell
Extreme Energy

  सीमा एवं भन्सार कार्यालयको लागि सुरक्षा टोली बस्ने भवन भने रसुवागढी क्षेत्रमै छुट्टै निर्माण भइसकेको छ । भौगोलिक विकटताका कारण वर्षायाममा दैनिकजसो सडक अवरुद्ध भइरहँदा निर्माण सामग्री ढुवानीमा असहज र कार्यप्रगतिको अनुपातमा समयसापेक्ष रकम भुक्तानी नहुनुजस्ता कारणले निर्माणमा केही ढिलाइ हुँदै गएको जनाइएको छ । 

 एकीकृत भन्सार तथा सुरक्षा पोष्ट निर्माण, विसं २०७२ को भूकम्पले क्षति बनाएको ऐतिहासिक रसुवागढी पर्खालको पुनःनिर्माण, दैनिक काम सञ्चालनको लागि मितेरी पुल छेउमा फ्रिफेव भवन निर्माण, हेल्थ डेक्ससमेतका संरचनाको व्यवस्थापन रसुवागढीभन्दा केही तल निर्माण भएको १११ मेगावाट जलविद्युत्को ड्यामजस्ता संरचना र नेपाल घुम्ने चिनियाँ पर्यटकको आगमन तथा सामान आयात निर्यातका लागि मितेरी पुलबाट आवतजावत गरिरहने ट्रक कन्टेनरका चहलपहलले रसुवागढीको चहलपहल बढ्दै गएको छ । 

 यस्तै टिमुरेको भोटेकोशी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहको आधाजसो निर्माण, टिमुरे तथा घट्टेखोला क्षेत्रमा निजीस्तरका होटल निर्माण, नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको भवन निर्माणजस्ता कार्यले टिमुरेदेखि रसुवागढीसम्मको रौनक निकै बढेको स्थानीय समाजसेवी सुनामओदी तामाङले जानकारी दिए । 

     सङ्घ, प्रदेश र स्थानीय सरकारको पूर्वाधार विकास योजना, १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाबाट पीडित बासिन्दालाई सहयोग योजनाजस्ता विकास कार्यक्रमले क्रमिकरूपमा टिमुरे, घट्टेखोला र रसुवागढीको मुहार फेरिँदै गएको र अबको दुई÷चार वर्षमा सबै प्रकारका संरचना बनिसक्ने आशा स्थानीयको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

भोलिदेखि दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।
नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।
एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ ।