नेभिगेशन
समाज

एसईईमा चिटः परीक्षा निरीक्षक सहित दुई जना पक्राउ, ४ सय २४ वटा मोबाईल जफत

सप्तरी जिल्लाको एसईई परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने दुई जना केन्द्राध्यक्ष र रौतहटमा एकजना परीक्षा निरीक्षक सहित दुई जनालाई पक्राउ गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मधेश प्रदेशको रौतहट जिल्लाको यमुनामाई गाउँपालिका स्थित श्री यमुनामाई माध्यमिक विद्यालय झुन्खुन्वा परीक्षा केन्द्रमा पैसा लिई चिट चोर्न सहयोग गरेको आरोपमा एकजना परीक्षा निरीक्षक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Ncell
Extreme Energy

सोही परीक्षा केन्द्रका परीक्षा निरीक्षक र मौलापुर–५ को श्री लक्ष्मिनियाँ मावि परीक्षा केन्द्रमा बाहिरबाट चिट पठाउने एकजनालाई पक्राउ गरिएको हो । रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायका अनुसार पक्राउ परेका दुवैले परीक्षाको पहिलो दिन पैसा लिएर परीक्षार्थीहरूलाई चिट उपलब्ध गराउने उद्देश्यले परीक्षा हलमा मोबाइल लुकाएर प्रवेश गराएका थिए । प्रहरीले रौतहटका विभिन्न परीक्षा केन्द्रमा चेकजाँच गर्दै परीक्षार्थीहरूले शरीरमा लुकाइछिपाई ल्याएका ४ सय २४ वटा मोबाइल बरामद गरेको छ । पक्राउ परेका माथि परीक्षाको मर्यादा भंग गरेको आरोपमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्ला परीक्षा सुरक्षा समितिका अध्यक्षसमेत रहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वमा खटिएको अनुगमन टोलीले दुईवटा केन्द्राध्यक्षलाई कार्वाही गरेको जनाएका छन् । विष्णुपुर गाउँपालिका स्थित जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरका केन्द्राध्यक्ष र हनुमाननगर कंकालिनी नगरपालिकास्थित महावीर माध्यमिक विद्यालय हनुमाननगरका केन्द्राध्यक्षलाई कारबाही गरिएको हो ।

विष्णुपुरमा एउटा कोठामा एकै विद्यालयका परीक्षार्थी राखेर परीक्षा दिलाइरहेको पाईएपछि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र ६ जना निरीक्षकलाई कारबाही गरिएको प्रजिअ दाहालले बताए । यसैगरी हनुमाननगरमा केही कक्षाकोठाबाट १० वटा प्रश्नको उत्तरसमेत लेखिएको चिट बरामद भएपछि केन्द्राध्यक्ष, २ जना सहायक केन्द्राध्यक्ष र १५ जना निरीक्षकलाई कारबाही गरिएको हो ।

उनीहरुलाई कारवाही गर्न शिक्षा विकास तथा समन्वय इकाइमा लेखेर पठाइसकेको र नयाँ केन्द्राध्यक्षसमेत तोकिएको छ । 

यस वर्ष सप्तरीमा ९० सामुदायिक विद्यालय र ५२ संस्थागत विद्यालय गरि १ सय ४२ विद्यालयका ८ हजार ७ सय १५ विद्यार्थी एसईईमा सहभागी भएका छन् । जसमा साधारण तर्फबाट ७ हजार ८ सय ४८, प्राविधिकतर्फ ३ सय ९ र ग्रेडबृद्धि तर्फबाट ५ सय ५८ विद्यार्थी छन् । परीक्षाका लागि ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

पर्सा जिल्लाको २९ परिक्षा केन्द्रमा संचालित परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख हरि राउत कुर्मीले जानकारी गराएका छन् । 

एसईई परिक्षाको पहिलो दिन बिहिबार अङ्ग्रेजी विषयको परिक्षा ७० सामुदायिक तथा ७५ संस्थागत विद्यालयका ९ हजार ५ सय ३१ विद्यार्थी सहभागि भएको प्रमुख कुर्मीले जानकारी दिए । उनका अनुसार ११ हजार ४ सय १३ विद्यार्थीले एसईई परिक्षाको फारम भरेपनि ९ हजार ५ सय ३१ मात्र विद्यार्थी पहिलो दिनको परिक्षामा सहभागि भएका छन् । बाँकी एक हजार ८ सय ८२ परीक्षार्थीहरू अनुपस्थित भएका थिए ।

यसैगरी ५ जना परिक्षार्थीहरु वीरगंज कारागारबाट र ५ जना परिक्षार्थीहरु बाल सुधार गृह वीरगंजबाट एसईई परिक्षा दिइरहेको प्रमुख कुर्मीले बताए । पर्सामा एसईई परिक्षाको पर्साका प्रमुख जिल्ला अधिकारी -सिडिओ_ गणेश अर्यालय लगायतको अनुगमन टोलीले अनुगमन गरेको छ । 

यसैगरी बारामा पनी शान्तिपूर्ण वातावरणमा एसईई परीक्षा भएको छ । बारामा एसईई परिक्षालाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मूल अनुगमन समितिसहित १३ उप–अनुगमन समिति गरि १४ अनुगमन समिति खटिएको थियो ।

मधेशकाे अन्यत्र जिल्ला सर्लाही, धनुषा, महोतरी, सिरहामा समेत समान्य केहि चिटचोर्ने बाहेक शान्तिपुर्ण रुपमा एसईई भएको जनाएकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...
प्रतितोला १ हजार ७०० ले घट्यो सुनको मूल्य

प्रतितोला १ हजार ७०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको...
त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो।