नेभिगेशन
सबै कुरा

बाँकेमा धार्मीक सद्भावः मुस्लिम समुदायका अगुवाहरुले मनाए दसैँ

बाँके । सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसँैंको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसँैं मनाएका छन् । मङ्गलबार हिन्दूहरुको महानपर्व बडादसैँंका अवसरमा मुस्लिम अगुवाहरुले दसँैंको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसँैं मनाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसँैंको टीका र जमरा लगाएका छन् ।  उनले दसँैं, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैंँ यसरी नै मिलेर मनाउने गरेको बताए । 

Ncell
Extreme Energy

 “हामी सद्भावको सहरमा छौँ । यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दूहरुको मात्र नभइ हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ” उनले भने, “मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनैदेखि नै सम्मान छ । टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरु खुसी हुँदा मलाई पनि खुसी मिल्छ भने त्यो खुसीमा किन सहभागी नहुने ?”

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उनीहरुसँग रमाउने गरेको बताए । 

सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दसैँमा हिन्दू समुदायका आफन्त र मान्यजनबाट टीका ग्रहण गरेका छन् ।

उनले  आफूले टीका र जमरा ग्रहण गरेपश्चात आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिए । 

सिद्धिकी वर्षौँदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आइरहेका छन् । 

 अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैंँमा टीका र जमरा लगाएर आशीर्वाद लिए । 

रहमान मियाँले दुबै समुदायबीच अभूतपूर्व एकता र सद्भाव रहेको भन्दै उक्त सद्भावलाई बिथोल्ने प्रयासमा लागे कहिल्यै पनि सफल नहुने बताउँछन् । 

बडादसँैंका दिन मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई भेटेर दसँैंको शुभकामना दिएका थिए । 

 एकताका र सद्भावका लागि दुबै समुदायका धर्म गुरुले संयुक्तरुपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

भोलिदेखि दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।
नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।
एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ ।