नेभिगेशन
सबै कुरा

रुसी सेनामा भर्ती भएका बर्दियाका विवेक युक्रेनी सेनाको कब्जामा (भिडियो सहित)

काठमाडौं । रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले विवेकको भिडियो शेयर गर्दै नियन्त्रणमा लिएको एउटा भिडिओ शेयर गर्दै यसको पुष्टि गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गरास्चेन्कोले ट्वीटरमा शेयर गरेको भिडिओमा विवेकले आफू पैसा कमाउन रसियन सेनामा भर्ती भएको बताएका छन् । उनले भनेका छन् ‘मेरो परिवार आर्थिक समस्यामा थियो । मेरी आमासँग कुनै काम थिएन । हामीलाई पैसा चाहिएको थियो । त्यसैले यो निर्णय लिएँ ।’

एक जना साथीले रसियन सेनामा प्रशस्त पैसा कमाइ हुने भनेपछि उनै मार्फत रसियन सेनामा लागेको बताएका छन् । 

भिडियोमा उनले भनेका छन् ‘म एउटा सफल व्यक्तिका रूपमा आफ्नी आमासामु फर्किन चाहन्थेँ । त्यसैले रसियन सेनामा जोडिएँ,’ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित बिभिन्न कन्सल्टेन्सीमा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ ओटा कन्सल्टेन्सीमा छापा मारेको हो ।
वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो छोरी भनी किर्ते जन्मदर्ता गराई त्यसैका आधारमा नागरिकता र राहदानी लगायत सरकारी कागजात बनाइदिएको आरोपमा मुद्दा दायर भएको हो ।
ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं...
लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन/तीन, मोरङ र चितवनबाट दुई/दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक/एक जना पक्राउ परेका हुन् ।