नेभिगेशन
सबै कुरा

स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर बुधबार साँझ दुर्घटना हुँदा स्कुटरको पछाडि सवार काठमाडौं–२७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो ।

City Express

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकी राज्यश्रीको उपचारको क्रममा बुधबार बेलुकी ७ः३० बजे हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

उनका पति स्कुटर चालक ६५ वर्षीय शशीराज पाण्डे घाइते छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सवार स्कुटर काठमाडौं–कुलेखानी–हेटौंडा सडकखण्डअन्तर्गत जुरिखेतको ओरालोमा अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...