नेभिगेशन
सबै कुरा

एक महिनादेखि ड्राइभिङ लाइसेन्स छपाई रोकियो, ट्रायल पास भएका १२ लाखले लाइसेन्स पाउन वर्षौ लाग्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छाप्ने विद्युतीय चिप्स सकिएपछि असार देखि छपाई नै रोकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले १२ लाख भन्दा धेरे प्रयोगकर्ताको विवरण भरिएपनि प्रिन्ट हुन सकेको छैन । यस अघि पनि एउटा मात्रै मास प्रिन्टरबाट छपाइ हुँदा लाइसेन्स प्रिन्ट ढिला हुँदै आएको छ ।

Ncell
Extreme Energy

अहिले उक्त मेशिन पनि रोकिएको छ । अहिले स्मार्ट लाइसेन्सको सिस्टम चलाइरहेको भारतीय कम्पनी र कार्ड आपूर्ती गर्ने जर्मनी कम्पनीबिच तालमेल नमिल्दा लाइसेन्स छपाई रोकिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार जर्मनीको म्युहलबाअर कम्पनीले १२ लाख कार्ड आपूर्ति गर्ने गरी ३ महिनाअघि नै सम्झौता गरेको थियो ।

तर जमर्नी कम्पनीले ल्याउने कार्डमा प्रिन्टको जिम्मा लिएको भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले नेपालको विवरण भर्न नसक्दा प्रिन्टनै रोकिएको हो । हाल देशभर दैनिक ३ देखि ५ हजारले लाइसेन्स परीक्षा पास तथा नवीकरणका लागि प्रक्रिया पूरा गर्छन् ।

तर, सरकार भने भएको एउटा छपाइ मेसिन पनि बन्द गरेर बसेको छ । विभागले लाइसेन्स छपाइमा ढिलाइ भएपछि सवारी चालकहरूलाई एक वर्षका लागि क्युआर कोड सहितको अस्थायी लाइसेन्स दिने गरेको छ । उसो त विभागले खरिद गरेको कार्ड भन्दा प्रिन्ट गर्न बाँकी कार्डको संख्या धेरै भएको छ ।

विभागले जमर्नी कम्पनीसँग २ लाख कार्ड माग गरेको थियो तर छपाई गर्नु पर्ने विवरण भरिएको संख्यानै १२ लाख पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

भोलिदेखि दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।
नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।
एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ ।