नेभिगेशन
सबै कुरा

एक महिनादेखि ड्राइभिङ लाइसेन्स छपाई रोकियो, ट्रायल पास भएका १२ लाखले लाइसेन्स पाउन वर्षौ लाग्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छाप्ने विद्युतीय चिप्स सकिएपछि असार देखि छपाई नै रोकिएको छ ।

अहिले १२ लाख भन्दा धेरे प्रयोगकर्ताको विवरण भरिएपनि प्रिन्ट हुन सकेको छैन । यस अघि पनि एउटा मात्रै मास प्रिन्टरबाट छपाइ हुँदा लाइसेन्स प्रिन्ट ढिला हुँदै आएको छ ।

Dish Home
Global Ime Bank

अहिले उक्त मेशिन पनि रोकिएको छ । अहिले स्मार्ट लाइसेन्सको सिस्टम चलाइरहेको भारतीय कम्पनी र कार्ड आपूर्ती गर्ने जर्मनी कम्पनीबिच तालमेल नमिल्दा लाइसेन्स छपाई रोकिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार जर्मनीको म्युहलबाअर कम्पनीले १२ लाख कार्ड आपूर्ति गर्ने गरी ३ महिनाअघि नै सम्झौता गरेको थियो ।

तर जमर्नी कम्पनीले ल्याउने कार्डमा प्रिन्टको जिम्मा लिएको भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले नेपालको विवरण भर्न नसक्दा प्रिन्टनै रोकिएको हो । हाल देशभर दैनिक ३ देखि ५ हजारले लाइसेन्स परीक्षा पास तथा नवीकरणका लागि प्रक्रिया पूरा गर्छन् ।

तर, सरकार भने भएको एउटा छपाइ मेसिन पनि बन्द गरेर बसेको छ । विभागले लाइसेन्स छपाइमा ढिलाइ भएपछि सवारी चालकहरूलाई एक वर्षका लागि क्युआर कोड सहितको अस्थायी लाइसेन्स दिने गरेको छ । उसो त विभागले खरिद गरेको कार्ड भन्दा प्रिन्ट गर्न बाँकी कार्डको संख्या धेरै भएको छ ।

विभागले जमर्नी कम्पनीसँग २ लाख कार्ड माग गरेको थियो तर छपाई गर्नु पर्ने विवरण भरिएको संख्यानै १२ लाख पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

“जिल्लास्थित सरोकारवालाको बैठकबाट खोलाको डाइभर्सनमा थप जोखिम बढेकाले अब नयाँ बन्दै गरेको पुल नै छिटो सञ्चालन गर्ने गरी पर्खने निर्णय गरिएको छ”, उनले भने, “दुम्कीवास पुल असार १६...
रास्वपाले तीनकुने घटनामा जलेका पत्रकार रजकका परिवारलाई तीन लाख सहयोग गर्ने

रास्वपाले तीनकुने घटनामा जलेका पत्रकार रजकका परिवारलाई तीन लाख सहयोग गर्ने

पार्टीको तेस्रो स्थापना दिवसका उपलक्ष्यमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले सहयोगको घोषणा गरेका हुन् ।
कारागारबाट रवि लामिछानेको अपिलः म रेटिँदा–रेटिँदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ(पूर्णपाठ)

कारागारबाट रवि लामिछानेको अपिलः म रेटिँदा–रेटिँदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ(पूर्णपाठ)

सबैले मेरै बलि चढाउने भाकल गरेका छन्। कसैको राजनीति जोगाउन, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न पनि मेरै बलि चढ्नुपर्ने। म एउटा मान्छे...
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी नियुक्त, प्रवक्तामा मनिष झा

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी नियुक्त, प्रवक्तामा मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन् । पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर पाटी कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई महामन्त्रीमा...

भर्खरै