नेभिगेशन
सबै कुरा

चन्द्रागिरीबाट प्याराग्लाइडिङको मज्जा...

काठमाडौंकाे  चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको छ ।  हाइअल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ले  प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । 


सगरमाथाको आरोहण गरी शिखरबाटै प्याराग्लाइडिङ उडान गरेर समुद्रसम्म पुगेका सुनुवार नेसनल जियोग्राफ्रीबाट ‘एड्भेञ्चर्स अफ इयर–२०१२’ अवार्ड विजेतासमेत हुन् । 

Dish Home
Global Ime Bank

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरु हुने सुनुवारले बताए । चन्द्रागिरि (२३ सय मिटर)बाट सुरु भएको उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिन्छ । अदभूत दृश्यहरूको अवलोकन गर्दै समुद्र सतहबाट एक हजार सात सयय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ ।

प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिनेछ । रसुवा र धादिङका भूभागसमेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङलगायत मानवनिर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको वेला उत्तरतर्फ देखिने फराकिलो हिमशृंखलाले जोकोहीलाई मोहित बनाउँछ । 

उडानको अधिकांश समय जंगलमाथि हुने भएकाले जंगलको हरियाली त्यहाँको अर्को मज्जा हो । सरकारी अनुमतिअनुसार, कम्पनीले एकैपटकमा १२ प्याराग्लाइडर उडाउन सकिने सुनुवारले बताए । दिनमा करिब सयजनासम्मलाई सेवा दिन सकिने उनले बताए ।  स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवारले साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौंमा उपत्यकावासीलाई पनि प्यारा उडानको स्वाद चखाउन चन्द्रागिरिमा लगानी गरेको जानकारी दिए । 

उनले भने, ‘नेपालभरि प्याराग्लाइडिङ फैलाउने अभियान छ । काठमाडौंमा जनघनत्व धेरै भएकाले यसको छिटो र प्रभावकारी सन्देश फैलाउन सकिनेमा म आशावादी छु ।’

कम्पनी ‘क्रस कन्ट्री’ उडाउन गराउनसमेत तयारी अवस्थामा रहेको उनले बताए । चन्द्रागिरिमा प्याराग्लाइडिङ सञ्चालनका लागि हालसम्म करिब डेढ करोड रुपैयाँ लगानी भइसकेको र लगानी अझै बढ्ने उनको भनाइ छ ।

अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरेर करिब ६ वर्षको प्रयासमा चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु गर्न सफल भएको सुनुवारले जानकारी दिए ।

कम्पनीले चन्द्रागिरिमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति आठ हजार रुपैयाँ शुल्क कायम गरेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडीमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने–आउने सुविधा उपलब्ध हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कारागारबाट रवि लामिछानेको अपिलः म रेटिँदा–रेटिँदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ(पूर्णपाठ)

कारागारबाट रवि लामिछानेको अपिलः म रेटिँदा–रेटिँदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ(पूर्णपाठ)

सबैले मेरै बलि चढाउने भाकल गरेका छन्। कसैको राजनीति जोगाउन, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न पनि मेरै बलि चढ्नुपर्ने। म एउटा मान्छे...
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी नियुक्त, प्रवक्तामा मनिष झा

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी नियुक्त, प्रवक्तामा मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन् । पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर पाटी कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई महामन्त्रीमा...
४ दिनदेखि ठप्प दुम्कीवास–दाउन्ने खण्डः भोकै जंगलमा रात बिताउन बाध्य छन् चालक तथा यात्रु

४ दिनदेखि ठप्प दुम्कीवास–दाउन्ने खण्डः भोकै जंगलमा रात बिताउन बाध्य छन् चालक तथा यात्रु

“स्थानीय तह, निर्माण कम्पनी र प्रहरी प्रशासनको समन्वयमा वैकल्पिक व्यवस्थाको प्रयास भइरहेको छ”, उनले भने, “तर अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ ।”
रास्वपाको तेस्रो स्थापना दिवसः केन्दीय समिति बैठक जारी

रास्वपाको तेस्रो स्थापना दिवसः केन्दीय समिति बैठक जारी

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टीको तीन वर्षको समिक्षासहित,  समसामयिक राजनीतिक परिस्थिती र पार्टीले घोषणा गरेको अभियानबारे छलफल भैरहेको छ ।