नेभिगेशन
समाज

पहिलोपटक मनाङ सदरमुकाम चामेमा बस पुग्यो

मनाङ । बेँसीसहर–चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न सदरमुकाम चामेसम्म पहिलोपटक बस पुर्‍याइएको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीसहर–पोखरा सञ्चालन हुने ना ६ ख ९५७९ नम्बरको बस पहिलोपटक सदरमुकाम चामे पुगेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सफल रुपमा बस चामे पुगेपछि मनाङका बासिन्दामा खुसी छाएको छ । आगामी नयाँ वर्षदेखि मनाङ सदरमुकामसम्म नियमित रुपमा बस सञ्चालन गर्ने तयारी भएसँगै निजी क्षेत्रको एकल प्रयासमा चामेसम्म बस पुर्‍याइएको बस सञ्चालक सुरेश घिमिरेले बताए । उनका अनुसार अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर उक्त बस यही चैत ७ गते चामे पुगेर हो ।

Ncell
Extreme Energy

‘सुरुमा यात्रु लिएर मनाङ जाने प्रस्ताव आउँदा जाने कि नजाने अन्योल थियो । मनाङमा निर्माणाधीन मनाङ–मस्र्याङ्दी जलविद्युत्का सामान लिएर १० चक्के ट्रकसमेत सहज रूपमा पुग्ने गरेका पाएपछि यात्रुसहित बस लैजान सकिन्छ भन्ने लागेर पठाका थियौँ । जाँदाआउँदा कुनै समस्या भएन,’ उनले भने ।

घिमिरेका अनुसार चालक विनोद रिमालले सहज रूपमा बसलाई चामेसम्म पुर्‍याएर फर्किएका छन् । मनाङको सडक साँघुरो र अधिकाङ्श भाग कच्ची भए पनि अनुभवी चालक भए बस सञ्चालनमा समस्या नहुने भन्दै नयाँ र कम अनुभव भएका चालक उक्त खण्डमा नखटाइने उनले बताए ।

सञ्चालक घिमिरेले स्थानीय प्रशासन तथा मनाङ निवासीको साथ पाए आफूले नियमित रुपमा बेँसीसहर–चामे खण्डमा यात्रुवाहक बस सञ्चालन गर्न सकिने धारणा राखे । ‘हामीले सडकको अवस्था हेरेका छौँ । अहिले परीक्षणका क्रममा अनुभव पनि भयो । अब नियमित बस सञ्चालन गर्न समस्या छैन, अनुमति पाए बस सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा यात्रुवाहक बस सञ्चालनको तयारी थालेको छ । गत फागुन २५ गते जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वयात्मक बैठकले बेँसीसहरबाट चामेसम्म आगामी वैशाख १ गते नयाँ वर्षदेखि सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।

यसका लागि स्थानीय प्रशासनले डुम्रे–बेँसीसहर–चामे सडक आयोजना र अन्य सरोकार भएका निकायसँग छलफल गरी लाई आवश्यक निर्देशन जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

डुम्रे–बेँसीसहर–चामे आयोजनाका प्रमुख इन्जिनियर सतिश सुवेदीले सडकमा ट्राफिक सङ्केत राख्न प्रशासनबाट अनुरोध आएपछि आवश्यक सङ्केत निर्माणका लागि ठेकेदारलाई काममा लगाइएको बताउँदै केही समयमा ती सङ्केत तयार भई सडक छेउमा गाडिने जानकारी दिए ।

डेढ दशकअघि मोटर सञ्चालन हुन थालेको मनाङमा हालसम्म बोलेरो, टाटासुमो जस्ता साना सवारीसाधनले मात्र यातायात सेवा दिइरहेका छन् । बेँसीसहरबाट चामेसम्मको करिब ६४ किलोमिटर सडकमा यात्रा गर्न अहिले बोलेरोले प्रतियात्रु एक हजार २५० रुपैयाँ भाडा लिने गर्दछन् ।

पाँचजना यात्रु अट्ने जीपले १०–१५ जनासम्म यात्रु र मालसामन बोक्दा यात्रा जोखिमपूर्ण बन्ने गरेको स्थानीय बताउँछन् । बस सञ्चालनमा ल्याउन सकिएमा स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । साथै महँगो भाडाको मारमा परेका स्थानीय र पर्यटकलाई आर्थिक भार कम हुनेछ ।

बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र भएको छ । खुदीभन्दा माथि चामेसम्म ठाउँठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक रहेकामा साँघुरा घुम्तीमा मर्मत गरी बस सञ्चालनको तयारी गरिएको मनाङ प्रशासनले जनाएको छ । –रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तत्कालिन सुरक्षा निकायका प्रमुखहरुलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न सिफारिस

तत्कालिन सुरक्षा निकायका प्रमुखहरुलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न सिफारिस

उल्लेखित संविधानको धारामा मानव अधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाविरुद्ध मुद्दा चलाउनु पर्ने आवश्यक भए अदालतमा मुद्दा दर्ता गर्न सिफरिस गर्ने उल्लेख छ ।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित रास्वपा सांसद,कन्टेन्ट क्रियटरदेखि दुर्गा प्रसाइसम्मलाई अनुसन्धान गर्नु

पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित रास्वपा सांसद,कन्टेन्ट क्रियटरदेखि दुर्गा प्रसाइसम्मलाई अनुसन्धान गर्नु

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईंमाथि पनि अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ।
रवि लामिछाने, मनिष झा, हरि ढकाल र जेलर सत्यराज जोशीमाथि सुक्ष्म अनुसन्धान गर्न आयोगको सिफारिस

रवि लामिछाने, मनिष झा, हरि ढकाल र जेलर सत्यराज जोशीमाथि सुक्ष्म अनुसन्धान गर्न आयोगको सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३/२४ घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३/२४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान...
जेनजी आन्दोलन सम्बन्धी  मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गरको हो ।

भर्खरै