नेभिगेशन
सबै कुरा

दसैँ मनाउन घर गएकाहरु फर्कन थाले

दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेका छन् । काठमाडौँ भित्रिने नाकामा भीड हुन थालेको छ । उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले  बताए ।  अहिले  नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ । 

यसवर्ष दसैँको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेका हुन् । 

City Express

त्रयोदशीका दिनदेखि सरकारी कार्यालय सञ्चालनमा आउने भएकोले बिदामा गएकाहरू कार्यस्थल फर्किन थालेका हुन् ।

शुक्रबार कार्यालय भेटाउनेहरू कोही बिहीबार नै गन्तव्यमा पुगिसकेका छन् भने कोही यात्रामै छन् ।

घरबाट फर्किनेहरू बढेपछि काठमाडौँका चोक र बसपार्कमा पनि भिडभाड छ । तर, उपत्यकामा पर्याप्त सार्वजनिक सवारी साधन नहुँदा गन्तव्यमा पुग्न समस्या भएको यात्रुको गुनासो छ ।

सरकारले फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिएको थियो । शुक्रबारदेखि कार्यालय सञ्चालन हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तारकेश्वरबाट आउँदै गरेको  बस  माछापोखरीमा दुर्घटना, २० भन्दा बढी घाइते

तारकेश्वरबाट आउँदै गरेको बस माछापोखरीमा दुर्घटना, २० भन्दा बढी घाइते

प्रहरीका अनुसार माछापोखरी बाइपासको उकालो चोकमा बस पल्टिएको छ । थप विवरण आउन बाँकी छ ।
आज पितृपक्ष अर्थात सोह्र श्राद्धको अन्तिम दिन

आज पितृपक्ष अर्थात सोह्र श्राद्धको अन्तिम दिन

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी...
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही...
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा अलपत्र परेका यात्रुलाई निशुल्क खाना

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा अलपत्र परेका यात्रुलाई निशुल्क खाना

पहिरोका  कारण सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।