नेभिगेशन
मुख्य समाचार

‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित

काठमाडौँ । केही दिनयतादेखि काठमाडौँमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन् ।

केही दिनदेखि  काठमाडौँको आकाशमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम भएर ‘आइएफआर’ प्रविधिबाट उडान, अवतरण भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख एवं महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिए । उनले भने, “बाक्लो तुवाँलोले भिजिबिलिटीमा कमी आएपछि आइएफआर प्रविधिबाट उडान÷अवतरण भइरहेको छ । सोही कारणले साबिकको तुलनामा जहाजको व्यवस्थापनमा केही ढिला हुँदै आएको छ । उडान तथा अवतरण भने हालसम्म रद्द गरिएको छैन ।”

विमानस्थलमा अहिले तीन हजार मिटरको भिजिबिलिटी रहेको महाप्रबन्धक निरौलाले जानकारी दिए । उनका अनुसार बाक्लो तुवाँलोका कारण आज बुद्ध एयरका तीन माउन्टेन फ्लाइटमध्ये दुईवटा भैरहवा, एउटा जनकपुर तथा यती एयरलाइन्स र श्री एयरलाइन्सका एक–एक माउन्टेन फ्लाइट भैरहवा ‘डाइभर्ट’ भएका छन् 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आगामी मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालन हुने

आगामी मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालन हुने

सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरु, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
रास्वपाकाे राजनीतिक प्रतिवेदनमा  वैकल्पिक शक्ति एक हुन यस्तो प्रस्ताव

रास्वपाकाे राजनीतिक प्रतिवेदनमा वैकल्पिक शक्ति एक हुन यस्तो प्रस्ताव

अर्यालले पार्टी कब्जा गर्ने नियतको भने खुला प्रतिवाद गर्ने बताएका छन् । ‘यो पार्टीको इतिहास र पहिचान उहाँहरूले पनि बुझ्नु पर्छ । पार्टी बनाउने चाहानालाई स्वागत छ ।...
जेन–जी आन्दोलनको मुख्य कारक पुराना दल र उनीहरुका हर्कत हुन्ः रास्वपा कार्यबाहक सभापति अर्याल

जेन–जी आन्दोलनको मुख्य कारक पुराना दल र उनीहरुका हर्कत हुन्ः रास्वपा कार्यबाहक सभापति अर्याल

सो क्रममा उनले आफ्नो पार्टी र पार्टी सभापतिले समेत यसबारे सचेत गराउँदै आएको बताए । ‘जेन–जी आन्दोलनको मुख्य कारक पुराना दलका हर्कत र जनविरोधी गतिविधि हुन् । आधार...