नेभिगेशन
समाज

थामिनसक्नुको भिड भएपछि अल्टिमाको 'इयरबड्स ३६०' अफर स्थगित

काठमाडाैँ । नेपाली एसेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइलले इयरबड्स ३६० अफर तत्कालका लागि स्थगित गरेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार पुतलीसडकमा नयाँ आउटलेट सञ्चालनमा ल्याउन लागेको अल्टिमाले पहिला उपस्थित हुने ८२ जनालाई ३ हजार ५ सय पर्ने इयरबड्स ३ सय ६० रुपैयाँमा दिने अफर  सार्वजनिक गरेको थियो । 
शुक्रबार अफरको फाइदा उठाउन एकाबिहानै देखि ठुलो संख्यामा युवाहरु भेला भएका थिए ।

Ncell
Extreme Energy

अफरको फाइद उठाउन उपस्थित भएका युवाहरुले केहि बेर नाराबाजी समेत गरेका थिए । भिडभाड ठुलो भएपछि सुरक्षाचुनौती थपिएकाले व्यवस्थापनमा समस्या भएको भन्दै अल्टिमाले क्षमायाचना गरेको छ  । सुरक्षा निकायको आग्रहपछि पुतलीसडकको आउटलेट उद्घाटन तत्कालका लागि स्थागन गरिएको अल्टिमाले जनाएको छ ।

केही दिनमा नै उद्घाटन सहित अफरको अर्को सूचना जारी गर्ने अल्टिमका अमन गुप्ताले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। घुर्‍यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन्।
चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ । नयाँ...
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...