नेभिगेशन
समाज

नयाँ वर्षमा गरिमा विकास बैंकका ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट 

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक लिमिटेड र दराज (Daraj) बीच सम्झौता सम्पन्न भएको छ । 

नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो । यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५% वा अधिकतम रु.७५० सम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १०% वा अधिकतम रु. ५०० सम्म छुट प्राप्त गर्नेछन् । 

CG

छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् । 

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा,...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
पोखरा महानगरको सुन्तला पकेट क्षेत्रमा लटरम्म फलेका सुन्तला(तस्बिरुहरु)

पोखरा महानगरको सुन्तला पकेट क्षेत्रमा लटरम्म फलेका सुन्तला(तस्बिरुहरु)

पोखरा महानगरपालिकामा उत्पादन हुनेमध्ये आधा उत्पादन हुने उक्त क्षेत्रमा अहिले किसानलाई सुन्तला विक्रि गर्ने चटारो चलिरहेको छ ।