नेभिगेशन
समाज

सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक ६ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक आयोजनाले बाँकी करिब ८ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको सो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडक खण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ ।

Ncell
Extreme Energy

हाल दुई खण्डको विस्तारको काम ४० प्रतिशतको हाराहारीमा भएको आयोजनाले जनाएको छ । ‘निर्धारित समयभित्र विस्तारको काम सकिँदैन, केही महिना समय थप्नुपर्ने हुन्छ’, आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सजना अधिकारीले भनिन् ।

उनले विविध कारण आयोजनाको समय लम्बिने बताइन् । अधिकारीका अनुसार मापदण्डभित्रका घर-टहरा भत्काउन, रूख, बिजुलीका खम्बा तथा अप्टिकल फाइबरको केबल प्रतिस्थापन गर्दा समयमा काम सुरु हुन सकेको थिएन ।

यस्तै साँगा-धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको अधिकारीको भनाइ छ ।

‘आइपरेका विवाद मिलाउँदै जाँदा काम नै ढिला सुरु हुन पुग्यो, अबको केही महिना लगातार काम भए पनि बर्सात र चाडबाडका कारण समयमै विस्तारको काम नसकिने भएको हो’, उनले भनिन् ।

उनका अनुसार बनेपा क्षेत्रको विवाद भने टुङ्गिएको छ । अझै घर भत्काउने र रूख काट्ने काम बाँकी नै छ ।

आयोजनाका अनुसार हालसम्म सूर्यविनायक-साँगा खण्डमा ३५ प्रतिशत र साँगा-धुलिखेल खण्डमा ४५ प्रतिशत काम भएको छ । समय सीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने जनाइएको छ ।

अधिकारीका अनुसार साँगा क्षेत्रमा ठूलो घुम्ती तथा सडक तल र माथि भिर भएका कारण निर्माण जोखिमपूर्ण अवस्थामा रहेकाले पनि केही समय ढिलाइ हुन गएको तथा कामले तीव्रता नपाएको हो ।

साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने-आउने लेन तल-माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)ले समेत देखाएको थियो । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले साँगामा सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो ।

यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने देखाएको थियो । हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ । साँगा-धुलिखेल खण्डअन्तर्गत धुलिखेलका बीचमा सडक पक्की गर्ने काम सुरु गरिएको छ ।

उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमि सडक खण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडक खण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

यो सडकमा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०-२० मिटरको तीन पुल, जगाती र महादेव खोला पेट्रोल पम्प नजिक निर्माण गरिने भएको हो । यसका लागि प्रतिमिटर १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको जनाइएको छ ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५-२५ गज अर्थात् २२.८६ मिटर कायम गरिएको थियो । यस्तै विसं २०२१ मा सरकारले कानून बनाएर यो राजमार्गमा त्यही नियमलाई यथावत कायम गरेको थियो र सोही कानूनका आधारमा सडकका दायाँबायाँमा घर बनेका थिए ।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप बढिरहेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वी तराईका लामो दूरीका सवारीसाधन मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् । –रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै