नेभिगेशन
मुख्य समाचार

सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक ६ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक आयोजनाले बाँकी करिब ८ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो ।

विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको सो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडक खण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ ।

Dish Home
Global Ime Bank

हाल दुई खण्डको विस्तारको काम ४० प्रतिशतको हाराहारीमा भएको आयोजनाले जनाएको छ । ‘निर्धारित समयभित्र विस्तारको काम सकिँदैन, केही महिना समय थप्नुपर्ने हुन्छ’, आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सजना अधिकारीले भनिन् ।

उनले विविध कारण आयोजनाको समय लम्बिने बताइन् । अधिकारीका अनुसार मापदण्डभित्रका घर-टहरा भत्काउन, रूख, बिजुलीका खम्बा तथा अप्टिकल फाइबरको केबल प्रतिस्थापन गर्दा समयमा काम सुरु हुन सकेको थिएन ।

यस्तै साँगा-धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको अधिकारीको भनाइ छ ।

‘आइपरेका विवाद मिलाउँदै जाँदा काम नै ढिला सुरु हुन पुग्यो, अबको केही महिना लगातार काम भए पनि बर्सात र चाडबाडका कारण समयमै विस्तारको काम नसकिने भएको हो’, उनले भनिन् ।

उनका अनुसार बनेपा क्षेत्रको विवाद भने टुङ्गिएको छ । अझै घर भत्काउने र रूख काट्ने काम बाँकी नै छ ।

आयोजनाका अनुसार हालसम्म सूर्यविनायक-साँगा खण्डमा ३५ प्रतिशत र साँगा-धुलिखेल खण्डमा ४५ प्रतिशत काम भएको छ । समय सीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने जनाइएको छ ।

अधिकारीका अनुसार साँगा क्षेत्रमा ठूलो घुम्ती तथा सडक तल र माथि भिर भएका कारण निर्माण जोखिमपूर्ण अवस्थामा रहेकाले पनि केही समय ढिलाइ हुन गएको तथा कामले तीव्रता नपाएको हो ।

साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने-आउने लेन तल-माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)ले समेत देखाएको थियो । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले साँगामा सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो ।

यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने देखाएको थियो । हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ । साँगा-धुलिखेल खण्डअन्तर्गत धुलिखेलका बीचमा सडक पक्की गर्ने काम सुरु गरिएको छ ।

उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमि सडक खण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडक खण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

यो सडकमा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०-२० मिटरको तीन पुल, जगाती र महादेव खोला पेट्रोल पम्प नजिक निर्माण गरिने भएको हो । यसका लागि प्रतिमिटर १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको जनाइएको छ ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५-२५ गज अर्थात् २२.८६ मिटर कायम गरिएको थियो । यस्तै विसं २०२१ मा सरकारले कानून बनाएर यो राजमार्गमा त्यही नियमलाई यथावत कायम गरेको थियो र सोही कानूनका आधारमा सडकका दायाँबायाँमा घर बनेका थिए ।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप बढिरहेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वी तराईका लामो दूरीका सवारीसाधन मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् । –रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ढुक्क भएर नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न आफ्ना सांसदहरुलाई ओलीको निर्देशन

ढुक्क भएर नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न आफ्ना सांसदहरुलाई ओलीको निर्देशन

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारले सुशासन र सामाजिक न्यायको पक्षलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै ढुक्कका साथ सदनमा प्रतिरक्षा गर्न...
नेपाली भूमिमा भारतले  निर्माण गरेको  तटबन्ध  रोक्न माग

नेपाली भूमिमा भारतले निर्माण गरेको तटबन्ध रोक्न माग

तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र, अविलम्ब कूटनीतिक पहल थाल्न एमालेको माग
मोबाइल र टर्च चार्ज गरेको  १० रुपैयाँ

मोबाइल र टर्च चार्ज गरेको  १० रुपैयाँ

उनका अनुसार ढक्का शिविरमा बसोबास गर्ने नागरिकहरू मोबाइल र टर्च चार्ज गर्न एक किलोमिटर टाढा रहेको लालझाँडी गाउँपालिकाको चान्देउ पुग्ने गरेका छन् ।
बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना

बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना

महासङ्घका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिए । यस्तै, पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन् । पत्रकारमाथि धम्की, धरपकड...