नेभिगेशन
मुख्य कुरा

यस्तो देखियो कांग्रेसको चियापान

ललितपुर । आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले विगतमा झैं यो वर्ष पनि कोजाग्रत पूर्णिमाका अवसरमा आज नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वसभामुखहरू अग्निप्रसाद सापकोटा र दमननाथ ढु्ङ्गाना, जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उच्चपदस्थ राजनीतिकर्मीसहित विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Ncell
Extreme Energy

चियापानमा प्रधानमन्त्री दाहालले चाडपर्वका अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशातिर लैजाने बताए । 

त्यस्तै पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले प्रमुख राजनीतिक दलमाथि प्रश्न उठाउने प्रयास गरिएको गुनासो गरे ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले जवाफ दिने समय नभएको भन्दै उचित समयमा जवाफ दिने धम्की दिए  । 

कार्यक्रममा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चियापान कार्यक्रम आयोजना गरेर नेपाली कांग्रेसले उच्च राजनीतिक संस्कार बसालेको बताए । 

दिउँसो १ः०० बजेदेखि सुरु भएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम अपराह्न ५ः०० बजेसम्म सञ्चालन भएको थियो । कांग्रेसले बडादसैँ, तिहार, नेपाल संवत्त र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन गर्दै आइरहेको चियापान कोरोना महामारीका कारण विगतका केही वर्षहरूमा आयोजना हुनसकेको थिएन ।

विपी कोइराला विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।

उपत्यकाका विभिन्न अस्पतालहरूमा देखिएको रगतको अभावलाई परिपूर्ति गर्ने अभिप्रायले चियापान समारोहको अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।